23 Apr, 2026, Thursday

खोज्नुहोस

मूख्य मन्त्रीको चर्चा

08 Feb,2024

बिराटनगर/ माघ २५/ कोशी प्रदेशका मूख्य मन्त्री केदार कार्की यतिखेर धेरै चर्चामा हुनुहुन्छ । बिराटनगर र आसपासका पत्रपत्रिका र फेसबुकहरु कार्कीकै चर्चाले भरिएका छन । आफू बिद्यालयमा पढ्दा लाष्ट बेञ्चर भएकोले मूख्यमन्त्री बनेको तर फष्ट बेञ्चरहरु भने खरदार बनेको अभिब्यक्तिले उहाले चर्चा पाउनु भएको हो ।

मोरङको सुन्दर हरैचा स्थित साजिलाल माध्यमिक बिद्यालयको ५८ औ बार्षिकोत्सब कार्यक्रममा गत माघ २३ गते उहाले गौरवका साथ उक्त कुरा बताउनु भएको हो । उहाले फष्ट बेञ्चर खरिदार भएर भुँडी भर्न मात्र ठीक्क भएको तर आफू लाष्ट बेञ्चर भएर मूख्य मन्त्री बन्न सफल भएको कुरा गर्बका साथ बताउनु भएको थियो । उहाको उक्त भनाईको आषय भने विद्यार्थीले लास्ट बेञ्चमा बसेर पनि कक्षा कोठामा सफल सिकाई गर्न सक्ने र जीवनका लागि सफल बन्न सक्ने तर्फ थियो तर उहाको भषण सुन्ने विद्वान तथा बुज्रुगहरुले भने अनौठो माने र ओहदा अनुसारको नभएर ” उत्ताउलो “भाषण भएको प्रतिकृया दिए । उनिहरु ” राम्रै कमाएछन ” भन्दै मुस्कुराए ।

गत असोज २७ गते आफ्ना ८ जना प्रदेश साम्सद र एमालेको समर्थनमा मूख्यमन्त्री पदमा नियुक्त हुनुभएका केदार कार्की उहाको हाउभाउ, व्यवहार र बोल्ने शैलीका कारण बारम्बार बिबादमा आउने गर्नुभएको छ । मूख्यमन्त्री भएपछी बोलीमा नियन्त्रण नभएको, कार्यक्रमहरुमा जाने- आउने ठेगान नभएको, पद र ओहदाको गरिमा बमोजिमको पोषाक प्रयोग नगरेको जस्ता आरोप उहामाथि लाग्दै आएका छन ।

नेपाली काङ्ग्रेसका प्रभाबशाली नेता डा. शेखर कोइरालाको बिश्वास जितेर मूख्यमन्त्री बन्नु भएका केदार कार्कीले आफ्नो मूख्य समर्थक एमालेको त बिश्वास गुमाउनु भयो नै, उहाका उत्ताउला भाषण, झुठा आस्वासन र घमण्डी प्रबृत्तिले आफ्ना नेता र मतदाताको समेत क्रमश: बिश्वास गुमाउदै जानुभएको छ ।

मूख्य मन्त्री कार्कीले आफुले गरेको महत्वपूर्ण कार्यको रुपमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको स्थापना र १० बर्ष मुनिका बाल बालीका को उपचार ब्यबस्थालाई लिने गर्नु भएको छ तर यी दुबै कार्य पनि बिबादीत बनेका छन ।

पहिले कोभिड उपचार केन्द्र रहेको ठाउमा साइनबोर्ड फेरेर शैलजा आचार्य हृदय रोग केन्द्र स्थापना गरि उद्घाटन समेत गरी सकेको तर सन्चालनका लागि आबस्यक दर्बन्दी, उपकरण, सन्चालन ब्यबस्था आदिको निर्णय भैनसकेको त्यस क्षेत्रका जानकारहरु बताउछन । १० बर्ष मुनिका बाल बालिका बिरामी भएमा सिधै अस्पताल जान पाउदैनन । पहिले स्थानीय निकाय जाउ, कोशी प्रदेशको बसाई प्रमाणीत गर, उमेर प्रमाणीत गर जस्ता झन्झट भिराई दिएको आरोप पनि मूख्यमन्त्री कार्की माथी छ ।

मूख्यमन्त्री बनेको ४ महिनासम्म पनि मन्त्रीमण्डल बिस्तार गर्न नसकेका कार्कीले आफ्नो सफालताको बयान गर्नु ब्यर्थ छ – एक नेताले खुशी भएको मुद्रामा बताए ।