महासङ्घको अभियान
03 Jun,2023
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले आफ्ना सदस्यहरुको सुद्दिकरणलाई अभियानको रूपमा अगाडि बढाएको छ ।धेरै बर्ष अगडिदेखी चर्चामा रहेको यो अभियान सफल भएमा चुनाबी उद्देश्यबाट मतदाता बनेका सबै सदस्यहरु हट्नेछन । महासङघले सबै जिल्ला शाखाहरुको लागि एक मापदण्ड निर्माण गरि बिगतमा पत्रकारिता गरेको भएपनि हाल अर्को पेशामा रहेको ब्यक्तिलाई बिदागर्ने नीति लिएको छ । त्यस्तै कुनै राजनैतिक दलको पदाधिकारी रहेको ब्यक्ती तथा मिडिया हाउसको बजार प्रतिनिधी, प्रशासनमा कामगर्ने ब्यक्ती र सरकारी कर्मचारीहरु अब सदश्य रहन सक्ने छैनन ।
नेपाल पत्रकार महासङघ, मोरङ शाखाले केन्द्रको उक्त अभियानलाई सफल बनाउन आफ्ना पुर्ब अध्यक्ष बिक्रम निरौलाको संयोजकत्वमा एक समिती पनि बनाईसकेको छ ।