काङ्ग्रेस किन सुस्त छ ?
30 Jan,2024

बिराटनगर / माघ १६ / नेपाली काङ्ग्रेसले आजदेखि सुरु गरेको ” समुदायमा काङ्ग्रेस अभियान” कार्यक्रममा बोल्ने अधिकाङ्श बक्ताहरुले पार्टिप्रती नै आक्रोश पोखेका छन । बक्ताहरुले काङ्ग्रेस सुस्त भएको र नेताहरु सत्ता र पैसामुखी भएको ठोकुवा गरे ।
नेपाली काङ्ग्रेस केन्द्रीय समितिको निर्णय अनुसार बिराटनगरका विभिन्न वडाहरुमा सम्पन्न कार्यक्रममा बक्ताहरुले खानेपानी, सडक, डुबानको समस्या समाधान गर्न माग गरे ।उनिहरुले केन्द्रका उच्चपदमा पुगेकाहरुले पार्टी र देशका लागि रत्तिभर पनि काम नगरेको दाबी गरे । उनिहरुले पार्टी नेतृत्वले राम्रा मान्छे होइन- हाम्रा मान्छेलाई पोषेको र पटक पटक पोषेको आक्रोश पोखे ।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरुले मोरङको जिल्ला पार्टी कार्यालयमा आज – भोलि मान्छे होइन मुसाको जमघट हुने गरेको खासखुस गरे । बिराटनगरको ७ नम्बर वडाले गरेको कार्यक्रममा बरिस्ठ नेता डा. शेखर कोइरालाले प्रम पुष्पकमल दाहालले सहिद थप्ने कुराले वास्तविक शहिदको अबमूल्यन हुने बताउनु भयो । उहाले बिराटनगरको खानेपानी समस्या महानगरले छिट्टै समाधान गर्ने स्पष्ट गर्नुभयो ।
बिराटनगरको ९ नम्बर वडाले आयोजना गरेको अभियानकै कार्यक्रममा बोल्दै बिराटनगर महानगरपालिकाका मेयर तथा काङ्ग्रेस मोरङ उपसभापती नागेश कोइरालाले बजेटको कमीका कारण आफूले सोचेजती काम हुन नसकेको बताउनु भयो ।उहाले बिराटनगरका धनाढ्य ब्यक्तिहरु नै कर तिर्न पन्छिने गरेको बताउनु भयो । उहाले आफु मेयर भएपछी महानगरको आम्दानी बढेको पनि स्पष्ट गर्नुभयो । मेयर कोइरालाले जनप्रतिनिधिहरुको न्यून पारिश्रमिकका कारण कामगर्ने जागर नहुने गरेको गुनासो पनि गर्नुभयो ।