प्रतीक प्रधान पुरस्कृत
28 Jan,2024


बिराटनगर / माघ १४ / नोना कोइराला स्मृती प्रतिष्ठानले यस बर्षको नोना कोइराला पत्रकारिता पुरस्कार बाह्रखरी डट कमका प्रधान सम्पादक तथा अध्यक्ष प्रतीक प्रधानलाई प्रदान गरेको छ । प्रतिष्ठानका सस्थापक तथा संरक्षक डा. शेखर कोइरालाले आज बिराटनगरमा आयोजित एक भब्य कार्यक्रमका बीच उक्त पुरस्कारको राशी र प्रमाणपत्र प्रधानलाई प्रदान गर्नु भयो ।पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।
सो अवसरमा बोल्दै डा. कोइरालाले अहिले देशमा दण्डहीनताले चरम सीमा नाघेको, भ्रष्टाचारले गाजेको, राजनैतिक अनुशासनहीनता उत्कर्षमा पुगेको तथा कुशासन बढेको दाबी गर्नुभयो । उहाले जनताको जीवनस्तर सुध्रिएन र कानूनी राज्य भएन भने त्यहा प्रजातन्त्र रहदैन भन्नुभयो ।कोइरालाले नोना आमाको जीवन आफ्ना सन्तान र परिवारको पालनपोषणमा भन्दा प्रजातन्त्रको स्थापना र रक्षामा ब्यतित भएको कुरा बताउनु भयो ।
पुरस्कृत ब्यक्तित्व प्रतीक प्रधानले आफुले राजनीतिक भन्दा कुशल पत्रकार भएरै रहन चाहेको बताउनु भयो ।
नीबर्तमान अध्यक्ष डा. नारायण कुमारले सस्थाका हालसम्मका गतिबिधी बारे जानकारीदिदै यसअघि ६ जना बरिष्ठ पत्रकारहरु पुरस्कृत भैसकेको र यो क्रम निरन्तर चलिरहने स्पष्ट गर्नुभयो ।उहाले सस्थाले पत्रकारिता, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको पनि बताउनु भयो ।
सस्थाको उद्देश्य र क्षमता हेर्दा अझ प्रसस्त काम गर्न सकिनेमा हालसम्ममा अत्यन्त न्यून मात्र काम भएको त्यहा उपस्थित श्रोता मद्दे केहिले बताए । नोना कोइरालाको मोरङ्का पत्रकारहरुसगको सुमधुर सम्बन्धका कारण गत २०६४ सालमा स्थापना भएको उक्त सस्थाको समितिबाट क्रमश: पत्रकारहरुलाई नै पन्छाइनुले अब यो सस्था उद्देश्य बिमुख हुन थालेको टिप्पणी त्यहा उपस्थित केही पत्रकारले गरेका थिए ।
सस्थाका अध्यक्ष पूनम कोईरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मुख्य मन्त्री केदार कार्की, रुक्मीणी कोइरला, लक्ष्मण बस्नेत, शान्ता पौडेल, ज्योती आचार्यले बोल्नु भएको थियो ।