संघीयतामा पुनराबलोकन आबस्यक
24 Jan,2024
बिराटनगर / माघ ९ / पिताजी कृष्णप्रसाद कोइराला स्मृती परिषदले पूर्ब प्रधान न्यायाधिस कल्याण श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई न्याय क्षेत्रमा रहेको बेला प्रजातान्त्रिक मूल्य, मान्यता र बिधिको शासन स्थापित गर्न पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको हो । बिराटनगरमा हिजो ९ गते सम्पन्न एक भब्य समारोहका बीच श्रेष्ठलाई नेपाली काङ्ग्रेसका बरिष्ठ नेता डा. शेखर कोइराला र परिषदका अध्यक्ष प्रा. कबिराज नेउपानेले संयुक्त रुपमा सम्मान गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नेपाली काङ्ग्रेसका नेता डा. कोइरालाले बैंक, बित्तिय संस्था र उद्योग एउटै घरानालाई सन्चालन गर्न दिन नहुने बताउनु भयो । यसबाट राज्यले कृषिमा गरेको लगानी वास्तविक कृषकसम्म पुग्न नसकेको र सरकारले ५ प्रतिशत ब्याजमा दिने गरेको ऋणको फाइदा ठुला उद्योगपती वा ब्यापारीले उठाउने गरेको बताउदै उहाले यस्तो परिपाटीको अन्त्य नभएसम्म देशको बिकास हुन नसक्ने बताउनु भयो । उहाले मुलुकमा भ्रष्टाचार, दण्डहीनता र कुशासन बढ्दै गएको दाबी गर्नु भयो ।
सो अवसरमा बोल्दै सम्मानित ब्यक्तित्व पूर्ब प्रधान न्यायाधिस कल्याण श्रेष्ठले बर्तमान ब्यबस्था प्रति तिब्र रोष ब्यक्त गर्नु भयो । उहाले घर छेउमा सिंहदरबार पुर्याउने भनेको भ्रष्टाचार पुर्याउने भन्या हो ?भन्ने प्रश्न गर्दै यो गणतन्त्र दयनीय अबस्थामा पुगेकोले बिद्रोहको अधिकार प्रयोग गर्न सुझाब दिनुभयो । यो नेताले जीतेको र जनताले हारेको प्रजातन्त्र हो भन्दै श्रेष्ठले त्यसैले बर्तमान संघीयतामा पुनराबलोकन आबस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा मोरङ प्रजिअ प्रेमप्रसाद भट्टराई, बिराटनगरका मेयर नागेश कोइरला, ने का बिराटनगर अध्यक्ष दिपक चापागाई लगायतले बोल्नु भएको थियो ।