एउटा थप अनलाइन
03 Jun,2023
नेपाली पत्रकारिताको ईतिहास धेरै लामो छ तर नया प्रबिधी अन्तरगत अनलाइन पत्रकारिताको ईतिहास भने त्यति लामो छैन ।बर्तमान नेपाली समाजमा अत्यन्त लोकपृय बन्दै गएको यो पत्रकारिताबाट पाठकले तुरुन्तै सूचना पाउने हुनाले छोटो समयमा नै लोकपृय बन्न सकेको हो । नेपालको अनलाइन पत्रकारिताको क्षेत्रमा एउटा सङख्या थप भएको छ । २०४२ सालदेखी साप्ताहिक नेपाली आवाजबाट पत्रकारिता सुरु गरेर साप्ताहिक विमर्श, घटना र बिचारमा काम गरेका दीपककुमार दाहाल यश अनलाइनका प्रकाशक र सम्पादक हुन । चन्द्रदीप मिडिया प्रा लि अन्तरगत सन्चालित सेतो कलम डट कमको प्रकाशन आजैबाट सुरु भएको हो । यसको कार्यालय भने बिराटनगर ४ मा रहेको छ । सेतोकलम डट कमले पत्रकार आचार समहिताको पूर्ण पालना गर्दै स्वच्छ र निर्भिक पत्रकारिता गर्दै छोटो समयमा नै पाठकको मन जित्ने उदेश्य लिएको छ ।