13 Jun, 2026, Saturday

खोज्नुहोस

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

09 Jun,2026

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट ( Bhajan Clubing Concert ) को आयोजना गरिने भएको छ । बिराटनगर स्थित जैन भवनमा साझ ६ बजेदेखि कार्यक्रम संचालन हुने आयोजकसंस्था विश्व हिन्दु परिषद, नेपालले जानकारी दिएको छ ।

हिन्दु युबाहरुले क्लबहरुमा गई नशा गर्ने प्रबृत्तिलाई अन्त्य गर्ने र मनोरञ्जनको माध्यमबाट सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त कन्सर्ट गरिन लागेको कुरा पनि आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरि जनाएको हो । कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख रुपैया खर्च हुने र करिब १८ लाख आम्दानी हुने अनुमान गरिएको छ । कार्यक्रम स्थल प्रबेशका लागि रु २५००/=, १५००/= र ३००/= गरि तीन प्रकारका टीकटको ब्यबस्था गरिएको पनि बताइएको छ ।

नेपालमै पहिलो पटक गर्न लागिएको उक्त कार्यक्रममा स्थानीय र बहिरका उत्कृष्ट कलाकारहरुको प्रस्तुती रहने छ ।उक्त कन्सर्टबाट बचेको रकम ह्यासट्याग इभेण्ट र बिश्व हिन्दु परिषद, नेपालको सहकार्यमा संचालित बाल संस्कार केन्द्रहरुको संचालनमा खर्च गरिने छ । यस्ता बाल संस्कार केन्द्रहरु कोशी प्रदेशमा २८० वटा र नेपालभरीमा ११०० वटा संचालित रहेको र यी केन्द्रहरुमा चार बर्षदेखि १४ बर्षसम्मका बालबालिकाले सुबिधा लिईरहेको पनि बताइएको छ ।