बिराटनगर जुटमिल पु:न संचालन गर्न माग
06 May,2026
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल पु:न सञ्चालन हुनुपर्ने माग गरेका छन । आज उनिहरुले बिराटनगरमा पत्रकार सम्मेलन गरि हजारौं मजदुरहरुको भबिश्य जोडिएको उक्त मिल संचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहसग माग गरेका हुन ।

बिराटनगर जुटमिल पुर्ण संचालनमा रहदा ६ हजार मजदुरले प्रत्यक्ष र पाँचहजार भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेकोमा बिगत २०७३ सालदेखि मिल पुर्णरुपमा बन्द रहेकोले सबै मजदुरलाई बेरोजगारीले पिरोलिरहेको पत्रकार सम्मेलनमा उपस्थित मजदुरहरुले बताएका छन । मिल संचालन गरि बेरोजगारी समस्या समाधान गरिदिन अनुरोध गर्दै मजदुरहरुले प्रधानमन्त्री बालेन्द्र शाह, मोरङ जिल्ला प्रशासन, मोरङ ५ न. क्षेत्रकी साम्सद आशा झा, उद्योग मन्त्रालय लगायतमा ज्ञापनपत्रसमेत बुझाईसकेका छन ।
नेपालको पहिलो उद्योग बिराटनगर जुटमिलले नेपालको आर्थिक तथा राजनैतिक परिबर्तनको ईतिहास समेत बोकेको छ । यतिखेर उक्त मिल संरक्षणको पर्खाईमा रहेको छ । मिल अहिले लथालिङ्ग अबस्थामा छ । मिलका बहुमुल्य पार्टपुर्जाहरु चोरी भैसकेका छन । मिलको कम्पाउण्ड भित्रै कबाडी दुकान खोलेर पार्टपुर्जा बिक्री गरिन्छन । मिलको संरक्षणका लागि गार्डहरु पनि छन, प्रशासन अधिकृतको रुपमा श्याम लामा नाम गरेका ब्यक्ती कार्यरत पनि छन तर पनि दिन दिनै मिलका सम्पत्ती हराउदै जान्छन । यसको जानकारी पटक पटक स्थानीय प्रहरी र CDO लाई दिईएको तर कसैले चासो नदिएको मजदुरहरुको भनाई छ ।
मिलमा मनोज खड्का नाम गरेका ब्यक्तिको हालिमुहाली चल्छ । उनी त्यहाका कर्मचारी होइनन, मिलसग पदीय हिसाबमा उनको कुनै सम्बन्ध छैन तर सबै निर्णय उनै गर्छन । कबाडीको ब्यबस्थापन उनै गर्छ, मिलको कम्पाउण्ड भित्रका क्वाटरहरु भाडामा लाउछन र महिनमै डेढ/ दुई लाख कमाउछन । मनोज खड्का को हुन भनेर सोध्दा उनी एमालेका नेता हुन भनेर मजदुरहरु बताउछन । उनको काम मिलभित्र षडयन्त्र गर्ने र कमाउनेमात्रै हो । उनलाई मजदुरहरुले”मिलको सकुनी” को संज्ञा दिएका छन ।
मिलको जमीनमा सुकुम्बासी बसेको चर्चा यतिखेर बिराटनगरमा छ । मिलको दक्षीण गेटतर्फ ८५ घरहडताली हाटतर्फ ११५ घर, दरैया तर्फ १५ घर र हरिनगर भट्टा तर्फ ४० घरधुरी बस्छन ।उनुहरुलाई मिल ब्यबस्थापनले पहिले बसोबास गराएको हो । उनिहरुमद्दे कतिपय बिगत ४ पुस्तादेखि त्यही बसोबास गर्दै आएका छन ।
सुकुम्बासी उठाउने र जग्गा संरक्षण गर्ने चर्चा चलेको धेरै भएको छ तर मिलका उपकरण जोगाउने र सम्रक्षण गर्ने तर्फ कसैको ध्यान नपुग्नु आस्चर्यको बिषय भएको छ । मिल पु:न सन्चालन गर्दा अब सून्यबाट सुरु गर्नुपर्ने देखिन्छ ।