प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम
03 May,2026
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज अग्रज पत्रकारहरुको सम्मान गरेको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सम्मानित पत्रकारहरुलाई प्रमाणपत्र सहित सम्मान गर्नु भयो ।


आज सम्मानित हुने पत्रकारहरुमा केदार रिजाल, केदार चौहान र ज्योती शर्मा हुनुहुन्छ । नेपाल पत्रकार महासंघ, मोरङ शाखाले गत तीनबर्ष अगाडीदेखि ६० बर्ष उमेर पुगेका आफ्ना सदस्यहरुलाई विश्व प्रेस स्वतन्त्रता दिवसको दिन सम्मान गर्ने परम्पराको थालनी गरेको थियो ।
बिश्व प्रेस स्वतन्त्रता दिवसकै उपलक्षमा आजै मोरङका पत्रकारहरुका लागि आँखा जाच शिबिर संचालन गरिएको छ । नेपाल नेत्रज्योति संघ, लाहान आँखा तथा कान उपचार प्रणाली अन्तर्गत बिराटनगर आँखा अस्पताल, रानीको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा ९५ जना पत्रकारहरुले आँखा जाच गराएका थिए । उक्त शिबिर संचालनका लागि अस्पतालका मेनेजर कुमार पृथु, डा. शैलेन्द्र महतो, डा. आनन्द यादब लगायतको टीम सकृय रहेको थियो ।

नेपाल पत्रकार महासंघ, मोरङका अध्यक्ष सुशीला पाठकले अग्रज पत्रकार सम्मान कार्यक्रम तथा आँखा जाच शिबिरमा सेवा लिने, दिने तथा उपस्थित हुने सबैलाई धन्यबाद ज्ञापन गर्नुभयो ।