23 Apr, 2026, Thursday

खोज्नुहोस

पत्रकार महासंघको ज्ञापन

23 Apr,2026

बिराटनगर / २०८३ बैशाख १० /

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउने कार्य सम्पन्न भएको छ । यो महासंघको दोश्रो चरणको कार्यक्रम हो । आज महासंघको मोरङ शाखाले पनि प्रजिअ युबराज कट्टेल मार्फत प्रधान मन्त्रीलाई चैत्र १८ गतेको निर्णय सच्याउन माग गर्दै आज ज्ञापन पत्र बुझाएको छ । मोरङका जिल्ला अध्यक्ष सुशीला पाठक र केन्द्रीय सदस्य कमल रिमालले प्रजिअ कट्टेललाई उक्त ज्ञापन पत्र बुझाउनु भएको हो ।

बर्तमान बालेन सरकारले गत चैत १८ गते सबै सरकारी बिज्ञापनहरु सरकारी मिडियालाई मात्र दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयबाट नीजी क्षेत्रका संचारमाध्यमहरुमाथी आर्थिक नाकाबन्दी भएको ठहर गर्दै उक्त निर्णय तत्काल सच्याउन माग गर्ने र सरकारले अटेर गरेमा चरणबद्द रुपमा आन्दोलन गर्ने कार्यक्रम महासंघको केन्द्रीय समितिले निर्माण गरेको थियो ।

बालेन सरकार निजी क्षेत्रका सन्चार माध्यमहरुप्रती नकरात्मक भएकोमा पत्रकारहरु आस्चर्य चकित भएका छन । रास्वपाका सभापति रबि लामिछाने काठमाण्डौका केही मिडियासग रुष्ठ रहदैमा देशका सबै निजि मिडियाहरुलाई आर्थिक नाकाबन्दी गरि प्रकाशन नै बन्द गराउने नियति राख्नु बालेन सरकारको कमजोरी तथा नालयकीपना भएको प्रतिकृया मोफसलका अग्रज पत्रकारहरुले दिएका छन ।