15 May, 2024, Wednesday

खोज्नुहोस

पहिचानबादिहरु अलमलमा

09 Feb,2024

बिराटनगर / माघ २६ / कोशी प्रदेश सरकारको बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समितीको बार्ता टोलीबीच आज ५ बुदे सहमती भएको छ । सहमतिमा आगामी फागुन १० गते भित्र पुन: बार्ता गर्ने, आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने, भबिश्यमा गरिने शान्तिपुर्ण आन्दोलनमा सरकारले प्रहरी हस्तक्षेप नगर्ने लगायत छन ।

” कोशी ” नाम हटाएर पहिचान सहितको अर्को नाम राख्नुपर्ने एकमात्र माग सहित पहिचानबादीहरु संघर्षरत रहेका छन । कोशी प्रदेश सरकारले बार्ताको लागि आह्वान गर्दै पत्र पठाएपछि यो बार्ता र सहमती सम्भब भएको हो ।

आज भएका थप सहमतिमा संघर्ष समितिले पुन: नामाङ्कन सम्बन्धी राजनैतिक गतिविधिहरु अगाडि बढाउने, बिगतका घाइतेको उपचारको ब्यबस्था र सहिद परिबारलाई क्षतिपुर्तिको ब्यबस्था प्रदेश सरकारले गर्नुपर्ने, कारगारमा रहेका आन्दोलनकारीहरुको रिहाई र मुद्दा फिर्ता गर्नुपर्ने लगायत छन ।

कोशी प्रदेश सरकारले पुन: नामाङ्कन सम्बन्धि आन्दोलन चर्किदै गएपछी समाधानको बिकल्प खोज्न र सुझाव दिन मन्त्री कमल प्रसाद जबेगुको नेत्रीत्वमा बार्ता टोली गठन गरेको थियो। उक्त बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समिती बीचको हिजोको बार्ता सफल हुन नसकेपछी आज बार्ता भएको र सहमती भएको हो । यस पटकको बार्तामा पहिचानबादीहरुले आफ्ना पक्षको तयारीको कमीका कारण खास उपलब्धी हाशील गर्न नसकेको बताइएको छ ।

पहिचानबादीहरुको संघर्ष समितिमा डिकेन्द्र सिङ्ह थेगिन, गोबिन्द आङ्मुहाङ, युबराज राई, दिबस राई, लाक्पा शेर्पा,कुमार लिङ्देन कुमार लिम्बू लगायत विभिन्न राजनैतिक दल र जातीय सस्था सम्बद्द ब्यक्तिहरु छन ।