शिक्षा

शिक्षक आन्दोलन जारी

नेपाल शिक्षक महासङघ, केन्द्रीय समितिको आह्वानमा नेपालका सामुदायिक बिद्यालयका शिक्षक, कर्मचारीहरु आन्दोलित बनेका छन । शिक्षक महासङ्घ लगायतका शैक्षिक संघसंगठनहरुले बिरोध गरिरहेकै बेला सरकारले एक पक्षीय रुपमा ल्याएको शिक्षा बिधेयक जबरजस्ती पास गराउने उद्देश्यले सङघीय सम्सदमा दर्ता गरेपछि शिक्षकहरु बिद्यालय बन्द गरेरै सडक आन्दोलनमा उत्रिएका हुन ।

शिक्षकले बिगतमा पनि पटक पटक आफ्नो हक, अधिकार र पेशागत सुरक्षाका लागि आन्दोलन गरेकै हुन तर सामुदायीक बिद्यालयका शिक्षकप्रती सरकार कहिलै सकारात्मक हुन नसकेको र सधै षडयन्त्रमूलक रुपमा सम्झौता गरेको फलस्वरुप यसप्रकार राजधानी केन्द्रीत आन्दोलन चर्किएको हो ।

सरकार सधै शिक्षकप्रति नकारात्मक रहने र शिक्षक महासङघ सधै बिद्यालय कर्मचारी र अस्थायी शिक्षकप्रती नकारात्मक रहने पुरानो अनुभव छ । यसपटकको आन्दोलनमा पनि स्थायी शिक्षकका बढुवा सरुवा लगायतका आफ्ना माग सम्बोधन भएपछी कर्मचारी र अस्थायीहरुलाई लात मारिने त होइन ! आसङका कायमै छ ।

सरकार र आन्दोलनकारी पक्षबीच आजबाट बार्ता सुरु भएको छ । यो बार्ता फलदायी बन्नुपर्छ र स्थायी समाधान तर्फ उन्मुख हुनुपर्छ तथा बिद्यालयहरु बन्द गर्ने परिपाटी सधैका लागि बन्द गर्नुपर्छ भन्ने आम धारणा रहेको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago