समाचार

त्रिबेणीधाम : बिकाशका लागि प्रयास

बिराटनगर / चैत्र ४ / मोरङको बुढिगङ्गा गाउँ पालिका वडा न ५ स्थित कर्बेनटोका भन्ने स्थानमा रामास्वमेघ यज्ञ तथा पन्च महायज्ञ हुने भएको छ । सो यज्ञ २०८१ चैत ३० गते शनिबार बिहान ७ बजेदेखि संचालन हुनेछ ।सिंगिया त्रिबेणी धामको बिकासको लागि प्रारम्भिक खर्च जुटाउन उक्त एकदिने यज्ञ गरिन लागेको जानकारी आज आयोजीत पत्रकार भेटघाटमा गराईएको हो ।

त्रिबेणी धाममा बजरङगबली, शिव पार्बती लगायत पन्चदेबको मन्दिर निर्माण गर्नुका साथै बाल उध्यान, स्नान घर, शौचालय, शुद्ध पिउने पानीको ब्यबस्था तथा बातबरणीय अनुकुलताका लागि आबस्यक सबै कार्य गर्ने उद्देश्य रहेको छ ।

त्रिबेणी धाममा रहेको ऐलानी जमीनको सदुपयोग गरि उक्त स्थानलाई मोरङ्को पर्यटकीय केन्द्र बनाउने उद्देश्यले गत २०७८ सालमा शैभाग्य रणकाली धामको नाममा एक संस्था पनि दर्ता गरिएको छ । सो संस्थाका अध्यक्ष हरिचरण बिश्वासका अनुसार गुरुयोजना बमोजिमको काम सम्पन्न गर्न करिब पाँच करोड रुपैया खर्च लाग्ने छ ।

मोरङमा महत्वपुर्ण धाम भएर पनि बिकास हुन नसकेको स्थान त्रिबेणी धाम हो । यो ठाउँ मुराहा,सोताहा र खादम नदीको सङ्गम स्थल हो । यी तीन नदी मिसिएपछी बिराटनगरको चर्चित सिङ्गिया नदी बन्दछ । त्रिबेणीको करिब पाँच बिगाहा ऐलानी जमीन उपयोगबिहिन भएको छ ।त्यसै ठाउको बिकाशका लागि स्थानीय जनता लागिपरेका हुन । अहिलेसम्म स्थानीय सरकारको रुपमा रहेको बुढिगङ्गा गाउ पालिकाले चासो नदिएको उनिहरु बताउछन । सो क्षेत्रका संघीय साम्सद डा शेखर कोइराला, प्रदेश साम्सद जीवन आचार्य र छिमेकी साम्सद अमनलाल मोदी समेतले ध्यान नदिएको पनि स्थानीय जनताको आरोप छ । उनिहरुले उक्त ठाउको बिकाशका लागि सहयोग गर्न सबैसँग अपिल गरेका छन ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

5 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

1 month ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago