राजनीती

माओबादी र एमाले कमाउनिष्ट मात्र हुन

बिराटनगर / पुस २९ / नेपाल कम्युनिस्ट पार्टी, किरात-लिम्बुवान प्रदेश समितिले “कोशी” नाम परिबर्तन गरि “किरात-लिम्बुवान” राख्नुपर्ने बताएको छ । यही पुस २२ र २३ गते धरानमा सम्पन्न पार्टीको बैठकको निर्णय सार्बजनिक गर्न आज बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै उक्त जानकारी दिइएको हो ।

बैठकले “साम्राज्यबाद र दलाल पुजीबादका बिरुद्ध दृढतापुर्बक मोर्चा खडा गरौ । समाजबादका नेतृत्वका लागि पार्टीलाई तयार गरौ । चौतर्फी पहलद्वारा जनसम्बन्ध लाई सुदृढ गरौ ।” शीर्षकको राजनैतिक र सङगठनात्मक प्रस्ताब पारित गरेको छ । बैठकले फागुन २१ गतेदेखि एक महिने जनमार्च अभियान सन्चालन गर्ने र सो अभियान महासचिब बिप्लब तथा केन्द्रिय सदस्यहरुको नेतृत्वमा झापाको सुखानीबाट कन्चनपुरसम्मको हुने पनि निर्णय गरेको छ ।

पार्टीका प्रदेश ईन्चार्ज दिपेश सी ले सो अवसरमा बोल्दै अहिलेको सत्तामा रुमल्लिएका कम्युनिष्टहरुले पार्टी स्थापनाको सात दशक बितिसक्दा पनि कम्युनिस्ट नीति अनुरुप कामगर्न नसकेको र असफल भैसकेको बताएका छन । प्रचण्डको माओबादी केन्द्र र एमाले कम्युनिष्ट होइनन, उनिहरु कमाउनिष्ट मात्र भएको उनको दाबी छ । उनले यो संघीयता बोझिलो भएको पनि बताए । नेपालमा अमेरिकन हस्तक्षेपबादी गतिबिधी बढदै गएकोमा बताउदै उनले तिब्र रोष प्रकट गरे ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

3 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago