समाचार

यसरी पनि हुन्छ दुर्घटना

बिराटनगर / कार्तिक ०४ / सडकमा गेट बनाउन लागेको बाँस खसेर बिराटनगरमा एउटा कारमा गम्भीर क्षती पुगेको छ । कारमा सवार रहेका मानिसहरु भने सकुशल छन ।

बिराटनगर महानगरपालिका वडा नम्बर – ४ स्थित कन्चनबारी ( वडा कार्यालय छेउ ) मा उक्त दुर्घटना भएको हो । कन्चनबारी- इक्राही बीचको नहरमा आगामी कार्तिक २२ गते गरिने छैठ पुजालाई आकर्षक र भब्य बनाउन गेट निर्माण गर्ने क्रममा मजदुरको हातबाट अचानक बाँस खस्दा प्रदेश ३ -०१-०२४ च ८७८० नम्बरको कालो रङको होण्डाको क्रेटा कारमा उक्त क्षति पुगेको हो । कार बिराटनगर ०३ का प्रभात खड्काले चलाउदै थिए । उनी निजी कामले इक्राही तर्फ जाँदै थिए । बाँसले उनको गाडीकोअगाडीको सीसा फुटेको छ भने अन्य क्षति समेत पुगेको छ ।गाडीधनीका अनुसार उक्त गाडी मर्मत गर्न अढाई लाख भन्दा बढी नै खर्च पर्छ ।

गेट निर्माणको ठेक्का लिएका बिराटनगर भट्टाचोकको अनिल टेण्टहाउसका मालिक अनिल साहले कन्चनबारीको छैठ पुजाको लागि सबै गेट बनाउन दुईलाख एकासी हजारमा ठेक्का लिएका थिए ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago