बिराटनगर /साउन २३ – ०८१ /
बिराटनगरबाट आज १२:१५ बजे काठमाडौका लागि उडेको बुद्ध एयरको जहाज झण्डै आधा घण्टा पछि पुन: बिराटनगर नै फर्काइएको छ । आफ्ना माता पिताले उपचारका लागि काठमाडौ लैजादै गरेको एक पाँच बर्षिय बालक जहाज भित्रै सिकिस्त भएपछी काठमाडौ पुग्नलागेको जहाज पुन: बिराटनगर फर्काइएको हो ।
त्रियुगा नगरपालिका वडा न. ३ का ताराकिरण राईका ५ बर्षिय छोरा सम्योग हाङ राई सिकिस्त बिरामी भएका थिए । बालक र उनका माता पितालाई जहाजबाट ओरालेर जहाज पुन: काठमाडौ उडेको थियो ।
प्रहरीका अनुसार बालकलाई एम्बुलेन्समा तत्काल अस्पताल पुर्याएको थियो तर अस्पताल पुग्नासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
नेपालमा दुर्घटनाको बाढी नै आएको बेला काठमाडौ उडेको बुद्ध एयरको जहाज पुनः बिराटनगर फर्काउदा यात्रुहरु अत्यन्त डराएका थिए, तर केही बेरमै ” बालक बिरामी भएकोले जहाज फर्काइएको” जानकारी एयर होस्टेजले दिएकी थिइन ।
जहाज भित्र बिरामी बालकको अबस्था देखेर सबै यात्रुका आँखा रसाएका थिए ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…