समाचार

दलित महिलाहरुको उत्थानका लागि प्रयास

बिराटनगर / असार १९ / “कोहि पनि पछाडि नपरुन” भन्ने सरकारको नाराको बाबजुद नेपाली समाजमा दलित महिलाहरुको अबस्था अझै नाजुग नै रहेको छ । कानूनी समानता अझै कागजमै सीमित छ, ब्यबहारमा लागू हुन सकेको छैन । अझै पनि पित्री सत्तात्मक समाज र बाहुनबादी संस्कारले जरा गाडीराखेकै छ । यो निस्कर्ष दलित महिला संघ (FEDO)को हो ।

नेपालमा दलित महिला र किशोरीहरुको मानव अधिकार प्रबर्धन परियोजनाले दलित महिला माथी हुने सबैखाले बिभेदका बिरुद्द काम गर्दै आएको छ । परियोजनाका जिल्ला संयोजक नरबहादुर आउजीले आज बिराटनगरका सन्चारकर्मीहरुसगको अन्तरकृया कार्यक्रममा जानकारी दिदै वडातह, गाउँ र नगरतह, प्रदेश र केन्द्रतहसम्मै आफुहरुले मधेसी दलित महिला र सबै दलित महिलाका साथै किशोरीहरुको समग्र बिकासका लागि आबस्यक बजेटको ब्यबस्था गर्न आग्रह गरेको तर आशातित सफलता हासिल गर्न नसकेको बताए। उनले कुनै पनि निकायले दलितहरुको बिकाशका लागि ठोश योजना ल्याउन नसकेको बताए । स्थानीय निकायहरुमा दलितहरुका आवाज दबाउने गरिएको उनको दुखेसो थियो । सबै दलित महिला र किशोरीहरुको अबस्था नसुध्रिएसम्म सामाजिक बिकाश हुन नसक्ने उनको भनाई थियो ।

परियोजना दलित महिलाहरुको आर्थिक शसक्तिकरण, मानव अधिकार र न्यायमा पहुँच, नेतृत्व बिकाश तथा सहभागीता, सामाजिक समाबेशीकरण र लैङ्गीक उत्तरदायीत्व जस्ता महत्वपुर्ण पाँच उद्देश्य पुरागर्न कृयाशील रहेको छ । अन्तरक्रिया कार्यक्रम दलित महिला संघकि अध्यक्ष शर्मिला परियारको अध्यक्षतामा सन्चालन भएको थियो ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago