राजनीती

कोशीमा मन्त्रिपरिषद बिस्तार

बिराटनगर / जेठ ४ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज मन्त्रिपरिषदको बिस्तार गर्नु भएको छ । गत बैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्ति हुनु भएका कार्कीले सोहिदिन तीन सदस्यीय मन्त्रीपरिषद गठन गर्नु भएको थियो भने आज १० सदस्यीय मन्त्रिपपरिषद बनाउनु भएको छ – जसमा एमालेबाट ६ जना र नेकपा माओबादी केन्द्रबाट ४ जना मन्त्री छन ।

नवगठित मन्त्रिपरिषदमा एमालेबाट इलामका रामबहादुर मगर – आर्थिक मामला तथा योजना मन्त्रालय, खोटाङका पाचकर्ण राई – सामाजिक बिकाश मन्त्रालय, झापाका एकराज कार्की – उर्जा सिंचाइ तथा खानेपानी मान्त्रालय, मोरङका लिलाबल्लभ अधिकारी – आन्तरिक मामला तथा कानुन मन्त्रालय छन भने सिर्जना राईलाई – मुख्यमन्त्री कार्यालयमा राज्यमन्त्री बनाइएको छ ।

त्यसैगरी नेकपा माओबादी केन्द्रबाट संखुवासभाका राजेन्द्रकुमार कार्की – स्वास्थ्य मन्त्रालय, मोरङका गणेश उप्रेती – भौतिक पुर्बाधार बिकाश मन्त्रालय, उदयपुरका नारायण बहादुर बुर्जामगर – पर्यटन बन तथा वातावरण मन्त्रालय र झापाकी बन्दना झागडलाई पर्यटन बन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरिएको छ । नब नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै गरिएको छ ।

सपथग्रहण कार्यक्रम पछि बोल्दै मुख्यमन्त्री कार्कीले अब कोशी प्रदेशमा सुशासनको अनुभूति हुने कुरा बताउनु भयो ।

admin

Recent Posts

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 hours ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 weeks ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 weeks ago

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 weeks ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

4 weeks ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

1 month ago