समाचार

ब्युटिसियनको परीक्षामा गम्भीर लापर्बाही

बिराटनगर / फागुन ७ / बिराटनगरमा भैरहेको सौन्दर्यकर्मिहरुको लेबल २ को परीक्षा सन्चालनमा व्यापक लापरबाही भएको छ । राष्ट्रीय सौन्दर्यकर्मी युनियन नेपालको बिराटनगर कमिटीले आज पत्रकारहरुबीच परीक्षाका मूल्याङ्कनकर्ताहरुको लापरबाही र गैरजिमेबारिपनाको उजागर गरेको हो । उक्त अवसरमा ब्युटिसियनहरुको परीक्षामा व्यापक पक्षपात र धाधली गरिएको बताइएको छ ।

परीक्षामा ” आफ्ना ” पृयपात्रलाई छुट्टै कोठामा राखेर परीक्षा लिएको र अरुलाई ” तिमी फेल भयौ, चैतमा फेरि आउनु ” भन्दै पन्छाउने गरेको पाइएको छ । पास गराउनु पर्ने ५ जना छनौट भैसकेको कुरा मूल्याङ्कनमा खटेकाहरुले त्यतिबेलै भनेको कुरा पनि ब्युटिसियनहरुले बताएका छन । मुल्यङ्कनकर्ता सुमी श्रेष्ठ र उनकी एक साथी रहेको बताइएको छ । CTEVT को नियम अनुसार मुल्यांकनको रिपोर्ट प्रत्येक दिन परीक्षा सकिनासाथ सिलबन्द गरि केन्द्र( CTEVT ) मा पठाउनु पर्ने र केन्द्रले तीन महिना भित्र रिजल्ट दिनुपर्ने हुन्छ तर मुल्यांकनकर्ताले तुरुन्तै पास वा फेल सुनाए यो कहाको नैतिकता हो ? ब्युटिसियनहरुले प्रश्न गरेका छन ।

ब्युटिसियनहरुको लेबल २ को परीक्षा गत माघ ३ गते सुरु भै फागुन ९ गतेसम्म तोकिएको छ र परीक्षा केन्द्र जनपथ टोल स्थित प्राइम इन्स्टीच्युटमा राखिएको छ । प्राइम इन्स्टिच्युटमा शैद्दान्तिक कक्षा लिनेलाई मात्र पास गरिने सङ्केत परीक्षकहरुले दिएका छन । एउटा सानो परीक्षामा पनि बिक्ने गतिछाडा मुल्यांकनकर्ताहरु पठाएर CTEVT के गर्न खोजेको हो ? र कस्ता दक्ष ब्युटिसियनहरु उत्पादन गर्न खोजिएको हो, बुझ्न कठीन भएको छ ।

प्राइम इन्स्टिच्युटमा परीक्षा भैरहेको बेला कोशी प्रदेशका मुख्य मन्त्रीको सचिबालयबाट फोन आएको र पास गराउनु पर्ने ५ जना छनौट भैसकेको बताइनुले उक्त परीक्षा एउटा नाटक मात्र भएको प्रष्ट भएको छ ।

प्राइम इन्स्टिच्युटका सन्चालकहरु नन्दु खवास र रुपा श्रेष्ठ हुन । प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद अन्तरगतको राष्ट्रीय सीप परिक्षण समिति सनोठिमीले प्रबिधिक परीक्षाका लागि आबस्यक पर्ने भौतिक पुर्बाधार नै नभएको ठाउलाई परीक्षा केन्द्र किन तोक्यो ? र प्राइमका ती संचालकहरुसग मुख्यमन्त्री सचिबालयको वा सानोठिमिको के सम्बन्ध छ- त्यो पनि अनौठै बिषय छ ।

एक सिफ्टमा आठजनाको प्राक्टिकल हुन्छ, प्राइममा एउटा मात्र बेशन छ, आठ घण्टाको समय भित्र सबै काम कसरी सक्ने ? त्यहा माथी परीक्षकहरुले बीच बीचमा यो र त्यो भनेर टर्चर गर्छन – एक परीक्षार्थीले दु:ख पोखिन । उनले मुल्यांकनकर्ताहरुले हामी परीक्षार्थीहरुको खिल्ली उडाउने, अपमान गर्ने,हप्काउने गरेको समेत बताइन ।

admin

Recent Posts

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 hours ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 weeks ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 weeks ago

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 weeks ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

4 weeks ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

1 month ago