बिराटनगर / २०८२ कार्तिक २४ /
बिराटनगर आँखा अस्पताल, रानी, बिराटनगरको आयोजनामा हिजो “Advocacy and lobbying meeting on Eye and Ear Health” बिषयक एकदिने गोष्ठी सम्पन्न भएको छ । कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयको समन्वय रहेको सो कार्यक्रम “आँखा र कान स्वास्थ्य” क्षेत्रको महत्वपूर्ण मानिएको छ ।
कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिब डा. यदुचन्द्र घिमिरेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमको अध्यक्षता बिराटनगर आँखा अस्पताल, ब्यबस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले गर्नु भयो । अध्यक्ष चौधरीले सो अवसरमा बोल्दै आँखा स्वास्थ्य सम्बन्धी समस्याको समाधानका लागि सबै तहका सरकार, स्वास्थ्य क्षेत्रसग सम्बन्धित निकायहरुका बीच सहकार्य आबस्यक रहेको बताउनु भयो । उहाले सबै डाक्टरहरु तथा सुबिधा जति बागमती प्रदेश ( काठमाडौ ) मा थुप्रिएको बताउदै प्रदेश सरकारले आँखा, कानका डाक्टरहरुको पर्याप्तता बढाउनु पर्ने सुझाब दिनुभयो । चौधरीले नेपालमा अन्धोपनको समस्या समाधानको लागि यस प्रदेशमा Eye Bank को स्थापना र आँखा दानको लागि सामाजिक सचेतना आबस्यक रहेको बताउनु भयो । उहाले प्रबिधिको प्रयोगले दृष्टीबिहिनहरुको उपचार हुने र त्यसबाट उनिहरुको जीवनस्तरमा वृद्धि भै आत्मनिर्भर समेत बन्ने गरेको देख्दा आफुलाई खुशी लागेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी डा. यदुचन्द्र घिमिरेले ” आँखा स्वास्थ्य” सेवालाई प्रदेश भरी प्राथमिक उपचारको रुपमा बिकाश र बिस्तार गर्न आबस्यक रहेको बताउनु भयो । कार्यक्रममा डा. घिमिरेले दृष्टीबिहिन बिद्यार्थी सुजन राईलाई आर्टिफिसियल इन्टलिजेन्समा आधारित अप्टिकल डिभाइस प्रदान गर्नुभयो । इन्टरनेटको माध्यमबाट कामगर्ने स्मार्ट चस्मा ( विशेष प्रकारको चस्मा ) लाई अप्टिकल डिभाइस भनिएको हो । यो चस्मा लगाउने ब्यक्तिसग मोबाइल अनिबार्य हुनुपर्छ । चस्मालाई मोबाइलमा कनेक्सन गरि प्रयोग गर्न सकिन्छ । सो चस्माले ब्यक्तिको वर- परका मानिस, बस्तुहरु र बाटोको अबस्था बारे आवाज मार्फत संकेत प्रदान गर्ने क्षमता राख्दछ । नेपालमा यो सुबिधा भित्री सकेको छैन । यसको मूल्य करिब ९०००० रुपैयाँभन्दा केही धेरै पर्ने बताइन्छ ।
चस्मा लागाएपछि सुजनले खुशी हुँदै भने हामी दृष्टीबिहिनको लागि यो अतिनै उपयोगी छ, यो सुबिधा हाम्रा अरु साथीहरूले पनि पाउनु पर्छ । सुजन राई धरान स्थित पुर्बान्चल ज्ञानचक्षु स्कुलमा अध्ययनरत बिद्यार्थी हुन ।
लाहान आँखा तथा कान उपचार प्रणालिमा कार्यरत परियोजना सम्योजक सुधिर ठाकुरले बिराटनगर आँखा अस्पतलको सेवा प्रदेशको समुदाय स्तरसम्म पुगेको र अत्यन्त प्रभबकारी रहेको बताउनु भयो । अस्पतालका प्रबन्धक कुमार पृथुले बिराटनगर आँखा अस्पतालले पुर्याउदै आएको सेवा र उपचार पद्दती सम्बन्धमा स्पष्ट पार्नुभयो । बिराटनगर आँखा अस्पतालका कार्यक्रम संयोजक सुरक्षा पौडेलले कार्यक्रमको उद्देश्य र उपादेयता बारे बिस्तृत जानकारी दिनुभयो ।
कार्यक्रम अन्धोपन र बहिरोपन न्यूनीकरणका लागि अत्यन्त उपयोगी बनेको छ ।आँखा र कानको समस्या समाधान गर्ने निकायका बिज्ञहरु बीचको हिजोको गहन छलफलले भोलि सो सम्बन्धमा नीति निर्माण हुने आशा गरिएको छ ।
आँखा बिग्रने विभिन्न कारणहरुको पहिचान समेत गरिएको छ र त्यसतर्फ ध्यान पुर्याउनु पर्ने सम्बन्धमा पनि त्यहा उपस्थित बिज्ञहरुबीच छलफल भएको छ । समाजमा नसर्ने रोगहरु मधुमेह र उच्च रक्तचापबाट आखाको समस्या उत्पन्न भैरहेको तथा अन्धोपन बढिरहेकोले त्यसतर्फ विशेष निगरानी बढाईनुपर्ने आबस्यकता हिजोको गोष्ठीमा महसुस गरिएको छ ।
बिराटनगर आँखा अस्पतालको कन्फ्रेन्स हलमा भएको सो कार्यक्रममा निर्मला भट्टराई, दानबहदुर बस्नेत, दामोदर फुयाल लगायत स्वास्थ्य क्षेत्रका २५ बिज्ञहरुको उपस्थिती थियो ।
बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…
काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…
बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…
बिराटनगर / २०८२ फागुन १८ / बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी…
बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक…
बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि…