काठमाडौ /भदौ २४ / हिजो २३ गतेको नरसंहार पछि उग्र बनेको Gen-Z समूहको कारबाही आगजनीमा परिणत भएको छ । समूहले निबर्तमान प्रधानमन्त्री के पी ओलीको घरदेखि शेर बहादुर देउवा लगायत सबै गणतान्त्रिक प्रधानमन्त्री तथा चर्चित भ्रष्ट नेताहरुहरुको घरमा आगजनी गरिसकेका छन । देशका मुख्य राजनीतिक दलका केन्द्रीय कार्यालयहरु ध्वस्त बनाई सकेका छन । सर्बोच्च अदालत, प्रम कार्यालय, राष्ट्रपती कार्यालय, संघीय संसद भवन लगायत उच्च कार्यालयहरु सबै ध्वस्त भैसकेका छन । गोली चलाउने आदेश दिएको भन्दै काठमाडौका CDO लगायत केही भ्रष्टलाई नाङ्गै बनाई मरणासन्न हुनेगरी कुटपीट समेत गरिएको छ ।
यतिखेर नेपालमा सरकार छैन । राष्ट्रपति रामचन्द्र पौडेलले एकपल्ट प्रम ओलीको राजीनामा स्वीकृत गरिसकेपछी पुन अर्को सरकार नबनेसम्म यही सरकारलाई कामगर्न अह्राएका छन । तर ओली सरकारले फेरि कामगर्न सक्ने अबस्था छैन । जेन जीको प्रदर्शन नेतृत्वबिहिन छ र समस्याको समाधानको लागि कसले पहल गर्ने भन्ने अन्योलता कायमै छ, देश कसले सम्हाल्ने हो थाहा छैन । समस्या झन जटिल बन्दै जाँदै छ ।
यसै सुन्यताको आइस ब्रेक गर्दै प्रधान सेनापतिले आन्दोलनकारीलाई बार्ताको लागि आह्वान गरेका छन ।अन्य सुरक्षा निकायले करिबकरिब आत्मसमर्पण गरिसकेको तथा सरकार बिहिन अबस्थामा देश भित्रबाट सेना प्रमुख बाहेक समस्या समाधानका लागि अग्रसरता देखाउने सर्बमान्य निकाय अरु कुनै रहेन । यस अबस्थामा आन्दोलनकारीको तर्फबाट बार्तागर्ने र समस्या समाधानको बाटो खोज्ने नेतृत्व नभएपछि काठमाडौका मेयर बालेन्द्र शाहले सम्सद बिगठन भएमा बार्ताको लागि तयार रहेको सङ्केत दिएका छन । यतिखेर उनी विद्यार्थी र युवाहरुबाट स्वीकार्य ब्यक्ती मानिन्छन ।
यसैबीच राजा ज्ञानेन्द्रले हिजोको घटना प्रती दुख ब्यक्त गर्नु भएको छ । उहाले देश भित्रैबाट समस्याको समाधान खोज्न सुझाब पनि दिनु भएको छ । राजको यो सन्देशले आन्तरिक समस्या समाधानका लागि बाह्यशक्तीलाई निस्तेज गर्नुपर्ने बुझिएको छ ।
जेन जी समूहको प्रदर्शन पछि नेपालमा गणतन्त्र समाप्त भैसकेको छ । गणतान्त्रिक सरकारहरुले मच्चाएको भ्रष्टाचार, लुटतन्त्र तथा सुशासन बिरुद्दका गतिबिधिले यो अबस्था आएको हो । हिजोसम्मका सत्ताधारीहरु उनिहरुकै कुकृत्यले आज सेनाको सुरक्षामा बसेका छन । उनिहरुको आफ्नो घर जानसक्ने अबस्था छैन ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…