समाचार

Gen Z को आन्दोलन -अब के हुन्छ ?

काठमाण्डौ / भदौ २३ /

आज आयोजना गरिएको जेन – जी ( Gen – Z ) समूहका नेपाली युबाहरुको बिरोध कार्यक्रममा प्रहरीले ठाडो हस्तक्षेप गरेको छ । प्रहरीको गोली लागेर साझ ६ बजेसम्म १८ जना युबाहरुको मृत्यु भैसकेको छ । दुइसयभन्दा बढी घाइते छन । घाइतेमद्दे ५० जनाको अबस्था गम्भीर रहेको छ । घाईतेको काठमाडौका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौ र आसपासका १३ देखि २८ बर्षबीचका युबा तथा विद्यार्थीहरुले देशमा ब्याप्त भ्रष्टाचारको अन्त्य हुनुपर्ने तथा सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउनु पर्ने मूख्य मागसहित आन्दोलन सुरुगरेका थिए । शान्तिपूर्ण रुपमा माइतिघरबाट सुरु भएको युबाहरुको जुलुस नया बानेश्वर तर्फ अगाडी बढिरहेको बेला प्रहरीले अश्रुग्यास, पानीको फोहरा प्रहार गरेपछि युवाहरु आक्रामक बनेका थिए र युबाहरुले संसद भवनमा क्षति पुर्याएका थिए । त्यसपछी प्रहरीले छानी- छानी गोली प्रहार गरेका थिए । विद्यार्थी तथा युबाहरुमाथि प्रहरी बर्बरताको कारण नया बानेश्वर क्षेत्र रक्तरन्जीत बन्यो – यस्तो निरङ्कुशता र बर्बरता पहिले कहिलै भएको थिएन ।

जेनजीको आन्दोलन काठमाडौंमा मात्र नभएर बिराटनगर, सुनसरी, चितवन,पोखरा, दाङ लगायत देशका मुख्य शहरहरुमा पनि भएका छन तर कहीपनि छिटफुट घटना बाहेक मानबीय क्षति भएको छैन ।

आजको जेनजी आन्दोलनमा काठमाडौका मेयर बालेन्द्र शाहलगायत खेलाडीहरु, कलाकारहरु, नेताहरु, पत्रकारहरु तथा देशका प्रबुद्द ब्यक्तिहरुले पनि नैतिक समर्थन जनाएका छन । उमेर हद तथा पदीय जिम्मेबारीका कारण जुलुसमा उपस्थित नभएपनि उनिहरुले जेनजीलाई राम्रै प्रोत्साहन गरेका छन ।

आजको आन्दोलनमा प्रधानमन्त्री के पी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार मन्त्रीका बिरुद्द उग्रनारा लगाएका थिए । प्रम ओली र गृहमन्त्री लेखक अहिसम्मकै गद्दार, निर्लज्ज, भ्रष्ट, र असफल साबित भएको बताउदै आन्दोलनकारीहरुले उनिहरुलाई तुरुन्तै राजीनामा दिन सुझाएका छन ।
यसैबीच प्रम ओलीले आजै ६ बजे मन्त्रीपरिषदको आकस्मीक बैठक बोलाएका छन । उनले कुनै विशेष निर्णय गर्नसक्ने आकलन गरिएको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 days ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

3 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

1 month ago