सोमबार नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या बढेर छ जना पुगेको छ। दिनको सुरुवातमै एक प्रदर्शनकारीको मृत्यु भएको थियो भने, घाइते 5 जनाको उपचारका क्रममा निधन भएपछि संख्या बढेको हो।
सिभिल अस्पतालका कार्यकारी निर्देशकका अनुसार अस्पतालमा उपचाररत दुई प्रदर्शनकारीले ज्यान गुमाए। उनीहरू संघीय संसद भवन बाहिर भएको प्रदर्शनमा गम्भीर घाइते भएका थिए।
त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका एक चिकित्सकले जानकारी दिँदै चार जना प्रदर्शनकारीको पनि उपचारकै क्रममा मृत्यु भएको बताए। अस्पतालमा हाल टाउको र छातीमा गोली लागेका गम्भीर अवस्थामा रहेका करिब दश जना प्रदर्शनकारीको उपचार भइरहेको छ।
दर्जनौँ घाइतेहरूलाई सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र अन्य स्वास्थ्य संस्थानमा पुर्याइएको छ।
स्थिति प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडी संसद भवन परिसरमा प्रवेश गरेपछि थप तनावग्रस्त भएको हो। प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली चलाएर भीड नियन्त्रणको प्रयास गरेको थियो, जसका कारण धेरैजना घाइते भए।
सामाजिक सञ्जाल बन्देज हटाउन र भ्रष्टाचार अन्त्य गर्न माग गर्दै युवा पुस्ताका प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।
घटनापछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले राजधानीका विभिन्न स्थानमा कर्फ्यु लगाएको छ। प्रदर्शन अन्य प्रमुख सहरहरूमा पनि फैलिएको खबर आएको छ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…