राजनीती

राजेन्द्र महतोको हुङ्कार

बिराटनगर / २०८२ भदौ १७ / राष्ट्रिय मुक्ती पार्टी नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले ९० प्रतिशत जनमत पाएका नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओबादीका नेताहरुले देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन । राष्ट्रिय मुक्ती पार्टी नेपालको मोरङ जिल्ला समितिले आज बिराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले उक्त आरोप लगाएका हुन ।

महतोले काङ्ग्रेस, एमाले र मओबादीले देशमा लुटतन्त्र मच्चाएको तथा देशमा भएका प्राकृतिक साधनहरुको सदुपयोग गर्न नसकेको कारण देश आर्थिक रुपमा जर्जर भएको र जन्मदै एकलाख रुपैयाको ऋणभार बोक्नुपर्ने अबस्था आएको बताए । अहिले लाखौ युबाहरु बिदेशिएको कारण पहाड र मधेसका गाउहरुमा बालबालिका र बृद्धबृद्दाहरु मात्र रहेकोले लासबोक्न पनि समस्या हुनेगरेको बताए ।

देशमा सुशासन छैन, कानूनी राज छैन, कानूनी समानता छैन, जनतामा अधिकार, सम्मान, स्वाभिमान छैन, सबै खोसिएको छ भन्दै महतोले जताततै गुण्डाराज र लुटतन्त्र मच्चाइएको छ, देश कंगाल भैसक्यो, जनता कंगाल भैसके – यी सबैको जिम्मेदार काङ्ग्रेस, एमाले र माओबादी रहेको ठोकुवा गरे ।

कुनैपनि लोकतान्त्रीक मुलुकमा पहिलो र दोश्रो पार्टी मिलेर सरकार बनाइदैन भन्दै यो सरकारलाई अजुवाको संज्ञा दिए । दुई ठुला पार्टी मिल्नुमा लुटतन्त्र र भ्रष्टाचारलाई संरक्षण गर्नका लागि नै हो भन्दै महतोले यो सरकारले हाम्रो पुर्बीय धर्म, संस्कृतिमाथी पनि प्रहार गरिरहेको दाबी गरे । प्रधानमन्त्री के. पी. ओलीले होलीवाइन सभ्यता लाद्न खोजेको यदैको प्रमाण हो उनले भने ।

अहिले देश आयातित र अप्राकृतिक बिचारकहरुबाट संचालित रहेको बताउदै राजेन्द्र महतोले भने – मार्क्स, लेलिन, माओ जस्ता वाद र बिचार नेपालका होइनन । अहिले यी नै सत्तामा छन र लुटमलुटमै ब्यस्त छन ।

त्यसैले जनताको अधिकारको सुनिस्चितताको लागि, स्वाभिमानको रक्षाको लागि, सुशासन र भ्रष्टाचारमुक्त मुलुक निर्माणका लागि हिमाल, पाहाड, तराई- मधेस मिलेर क्रान्ती गर्न अब आबस्यक भैसकेको छ र यसको नेतृत्व राष्ट्रिय मुक्ती पार्टी नेपालले गर्ने र काठमाडौलाई केन्द्रबिन्दु बनाउने दाबीसमेत महतोले गरेका छन ।

admin

Recent Posts

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 days ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

7 days ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

2 weeks ago

मोरङमा काङ्ग्रेस अगाडी

बिराटनगर / २०८२ फागुन १८ / बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी…

1 month ago

महिला पत्रकारको लागि क्यान्सर जाच सिबिर सन्चालन

बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक…

2 months ago

संसदमा तेस्रोलिङ्गी उम्मेदवार

बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि…

2 months ago