बिराटनगर / २०८२ भदौ ०७ / कोशी प्रदेशका पत्रकारहरुको प्रेस स्वतन्त्रता कुण्ठित हुनेगरी प्रदेश सरकारले ल्याउन लागेको बिधेयकको प्रेस सम्बद्द सबै संस्थाहरुले बिरोध जनाएका छन । कोशी प्रदेश सरकारले न्याय, प्रशासन तथा बिधायन समितिमा पेसगरेको र हाल छलफलमा रहेता पनि संसदबाट पास गरीछाड्ने मनसाय राखिएकोले पत्रकारहरुले सो बिधेयकको बिरोध गर्नु परेको हो ।
बिधेयकमा कुनै समाचार चित्त नबुझेमा जो कोहीले पनि उजुरी दिन सक्ने र एकलाखसम्म जरिवाना गर्ने प्राबधान राख्न खोजिएको छ । त्यस बाहेक प्रकाशन संस्था बन्दगर्नेसम्मको ब्यबस्था गर्न लागिएको छ । यस्तो कठोर ब्यबस्था नराख्न बारम्बार अनुरोध गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेपछि पत्रकारहरु सडक आन्दोलन गर्न बाध्य भएका छन ।
हिजो कोशी प्रदेश, संसद सचिबालय अगाडि बिधेयकमा भएका गैरलोकतान्त्रिक प्राबधानहरु सच्याउन मागगर्दै शान्तिपुर्बक धर्ना बसेका पत्रकारहरुमाथी प्रहरी हस्तक्षेप गरिएको छ । यसबाट प्रेस स्वतन्त्रता सम्बन्धमा कोशी प्रदेश सरकारले पन्चायती निरङ्कुश शैली प्रदर्शन गरेको छ ।
प्रदेश सरकारले पत्रकारहरुलाई आफू अनुकुल समाचार लेख्न बाध्य पार्ने अन्यथा तह लगाउने उद्देश्यले ल्याउन लागेको बिधेयकको बिरोध गर्दै तथा पत्रकारमाथी प्रहरी हस्तक्षेपको बिरोध गर्दै प्रेस सम्बद्द संस्थाहरुले बिज्ञप्ती प्रकाशन गरेका छन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिती, नेपाल पत्रकार महासङघ कोशी प्रदेश समिती, नेपाल प्रेस युनियन कोशी प्रदेश समिती, प्रेस सेण्टर नेपाल, कोशी प्रदेश समिती र संसदीय पत्रकार मंच, कोशी प्रदेशले बिज्ञप्ती मार्फत प्रेस स्वतन्त्रताको रक्षा गर्न र लोकतान्त्रिक पद्धति अपनाई बिधेयकमा राखिएका कठोर प्रबधान सच्याउन कोशी प्रदेश सरकारलाई चेतावनी दिएका छन ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…