सुचना

मोरङमा चार पत्रकार पुरस्कृत

बिराटनगर / असार २७ / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड, बिराटनगरले आज मोरङका चारजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । उच्च अदालत बिराटनगरका माननीय मूख्य न्यायाधीश राजनप्रसाद भट्टराईले सबै पुरस्कृत पत्रकारहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्र र नगदबाट सम्मानित गर्नुभएको हो ।

राष्ट्रिय समाचार समिती, बिराटनगरका पुर्ब पत्रकार मिनादेबी श्रेष्ठले गत २०७२ सालमा स्थापना गर्नुभएको महिला प्रोत्साहन पुरस्कार २०८२ बाट कोशी सन्देश बिराटनगरका डेस्क सम्पादक रोमा ( निशा ) दाहाल पुरस्कृत हुनु भएको छ । यो पुरस्कारको राशी १० हजार रुपैया रहेको छ । यो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योती चौहान, उमा थापा, राजकुमारी तामाङ, एलिना दियाली, उषा सरदार, रन्जीता पोखरेल र झुना भट्टराई पुरस्कृत भैसक्नु भएको छ ।

नेपाल पत्रकार महासङघ, मोरङका पूर्ब अध्यक्ष दीपक दाहाल र उनका दाजु मुक्तिनाथ दाहालले गत २०७२ सालमा स्थापना गर्नुभएको मेम्बर चन्द्रलाल-दुर्गादेबी दाहाल सञ्चार श्रमजीवी पुरस्कार – २०८२ बाट ब्लाष्ट दैनिकका पत्रकार अनिल श्रेष्ठ पुरस्कृत हुनुभएको छ । यो पुरस्कारको राशी २१ हजार रुपैया रहेको छ । यस पुरस्कारबाट मोरङका पत्रकारहरु रोहित कुमार लुइटेल, मोहन मानन्धर, उद्दब घिमिरे, अभयकुमार राई, देबनारायण साह, मोहम्मद सदरुल, तारा आचार्य, बाबुराम भण्डारी, सन्तोष सिग्देल र नबिनचन्द्र कर्ण सम्मानित भैसक्नु भएको छ ।

समाजसेवी दिनबन्धु गोयलले आफ्ना दाजु ओम प्रकाश गोयलको नाममा गत २०७५ सालमा स्थापना गर्नुभएको आर्थिक पत्रकारिता पुरस्कार २०८२ बाट उद्घोष डेली डट कमका सम्पादक बन्धु पोखरेल पुरस्कृत हुनुभएको छ । यो पुरस्कारको राशी ५० हजार रुपैया रहेको छ । यो पुरस्कारबाट भिम चापागाई, गजेन्द्र बुढाथोकी, अनन्तराज न्यौपाने, मिनकुमार श्रेष्ठ, मोहन मानन्धर, नवराज कट्टेल र सुशिला पाठक पुरस्कृत भैसक्नु भएको छ ।

डा. सम्झना प्रधानले आफ्ना माता पिताको नाममा गत २०७९ सालमा स्थापना गर्नुभएको तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार २०८२ बाट नेपाल खोज डट कमका प्रधानसम्पादक सुबास ढकाल पुरस्कृत हुनुभएको छ । ढकाल नेपाल पत्रकार महासङघ, मोरङ्का संस्थापक अध्यक्ष हुनुहुन्छ । यो पुरस्कार ५१ हजार राशीको छ । यसबाट राजेन्द्र दाहाल, प्रमोद प्रधान र मोहन भण्डारी सम्मानित भैसक्नु भएको छ ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था, बिराटनगरका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै मोरङ्का प्रमूख जिल्ला अधिकारी इन्द्रदेब यादबले सञ्चार सहकारीको मर्यादित सफलताको लागि शुभकामना दिनुभयो । सोही कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिब एकदेब अधिकारी, कोशी प्रदेशका सहकारी अध्यक्ष डा.डिल्ली पोख्रेल, नेपाल पत्रकार महासङ्घ, कोशी प्रदेशका महासचिव हिमा चेमजोङ, जिल्ला अध्यक्ष सुशीला पाठक, पुरस्कृत ब्यक्तित्व सुबास ढकाल, संचारकर्मी सञ्चार सहकारीका उपाध्यक्ष महाप्रसाद खतिवडा र सहकारी सदस्य बाबुराम भण्डारीले बोल्नु भयो । कार्यक्रमको संचालन सहकारीका सचिब बिजयहरी खतिवडाले गर्नुभएको थियो ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago