समाचार

युवा पलायन रोक्न अघी बढौँ

काठमाडौं १० जेष्ठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संगठनको राष्ट्रिय महाधिवेशनको लागि आज देशैभरका कलेजबाट एकै पटक प्रतिनिधि छनोट गर्दै छ ।

आगामी जेठ २५ देखि २८ गतेसम्म हुन लागेको संगठनको २४ औँ राष्ट्रिय महाधिवेशनको लागि आज प्रतिनिधि छनोट हुन लागेका हुन् । महाधिवेशनको लागि स्वतन्त्र विद्यार्थी युनियन भएका हरेक कलेजबाट एक जना प्रतिनिधि छानिने छन् ।

अनेरास्ववियुले जेठ १२ गतेसम्म सबै प्रतिनिधिको टुङ्गो लगाइसक्ने बताएको छ । त्यसको लागि प्रत्येक स्थानीय तहबाट एक जना, सबै प्रारम्भिक कमिटीबाट एक जना र जिल्ला कमिटीबाट एक महिला सहित ३ जना प्रतिनिधि छानिने छन् ।

‘शिक्षालाई सीप, श्रम, उत्पादन र रोजगारीसँग जोडौँ, सामाजिक अराजकता र बढ्दो युवा पलायन रोक्न विद्यार्थी शक्ति समृद्धिमा अगाडि बढौँ’ भन्ने मूल नाराको साथ अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशन हुँदै छ । २४ औँ महाधिवेशन अनेरास्ववियुको विचार, संगठन र संघर्षको नयाँ दिशातर्फको यात्रा भएको संगठनका प्रवक्ता प्रकाश पौडेलले बताउनुभयो ।

प्रतिनिधि छनोटको प्रक्रिया पूर्ण लोकतान्त्रिक, पारदर्शी र संगठनात्मक विधिअनुसार सञ्चालन हुने उहाँले बताउनुभयो । संगठनका सम्पूर्ण कार्यकर्ता, विद्यार्थीहरू तथा शुभेच्छुकहरूलाई प्रतिनिधि छनोट प्रक्रिया सफल पार्न अनेरास्ववियुले अपिल गरेको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 days ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

3 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

1 month ago