बिराटनगर / २०८२ बैशाख २५ / उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टी, नेपालको प्रथम मोरङ जिल्ला अधिबेशन यही बैशाख २९ र ३० गते बिराटनगरमा हुने भएको छ । पार्टीका तर्फबाट आज पत्रकार सम्मेलन गरि जिल्ला अध्यक्ष राजकुमार यादबले उक्त जानकारी दिनुभएको हो ।
बीरगन्ज महाधिबेशन पछि “जनतासग जसपा नेपाल” भन्ने राष्ट्रिय अभियान सहित अगाडि बढेको जसपा नेपालले केन्द्रीय समितिको निर्णय अनुसार यही बैशाख भित्रै ७७ वटै जिल्लामा अधिबेशन सम्पन्न गरि नया समितिहरु गठन गरीसक्ने बताएको छ ।
जसपा नेपालको मोरङ जिल्ला अधिबेशन सफलताका साथ सम्पन्न गर्न जिल्ला अध्यक्ष राजकुमार यादबको संयोजकत्वमा ८१ सदस्यीय मूल आयोजक समिती गठन गरि सकेको छ भने विभिन्न आठवटा उपसमितिहरु पनि गठन गरिसकेको छ ।
जसपा नेपालले मोरङका १७ पालिकामद्दे सुनबर्शी, रङ्गेली, कटहरी, धनपालथान, जहदा, बुढिगङ्गा, रतुवामाई, उर्लाबारी, लेटाङ, पथरी शनिश्चरे र केराबारीमा अधिबेशन सम्पन्न गरिसकेको छ भने बाकी पालिकामा समयावधि भित्रै सम्पन्न गर्ने जनाएको छ ।आगामी चार बर्षे कार्यकालका लागि ५१ सदस्यीय जिल्ला समिति चयन गर्न ६ सय प्रतिनिधि र ५० जना पर्यबेक्षकको चयन भैसकेको पनि जसपा, मोरङले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…