समाचार

नेपाल बिदेशी तस्करहरुको अखडा

नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले अहिले नेपालको परिस्थिती अप्ठेरो अबस्थामा रहेको बताउनु भएको छ । नेपालको अर्थतन्त्र धरासायी हुदैछ भन्दै उहाले राजनैतिक, सामाजिक अबस्था पनि ठीक ठाउमा नरहेको बताउनु भयो ।उहाले नेपाल बिदेशीहरुको चलखेल स्थल बनेको तथा तस्करहरुको अखडा बन्दै गएकोमा दुख ब्यक्त गर्दै अन्तररास्ट्रीय क्षेत्रबाट पनि नकारात्मक रिपोर्टहरु आउन थालेको बताउनु भयो ।

नेपाल प्रेस युनियन मोरङ्को भदौ ९ गते शनिबार बिराटनगरमा सम्पन्न पदस्थापन कार्यक्रममा डा कोइरालाले दण्डहिनताको अन्त्य गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, पारदर्शीता कायम गर्ने वा देशमा सुशासन कायम गर्ने जस्ता सरकारी नारा अब पत्याउने अबस्था नरहेको बताउनु भयो । उहाले अहिलेका चर्चित सुन काण्ड,षरणार्थी काण्ड, ललिता निवास प्रकरण समेतको छिनोफानो हुन नसकेको बताउदै डा कोइरालाले उक्त कुरा बताउनु भएको हो ।

अहिले जातीय द्वन्द निम्त्याउने काममा स्वयम् प्रधानमन्त्री नै लागेको आरोप पनि उहाले लगाउनु भयो । आफ्नो दललाई आगामी चुनाबमा बहुमत दिएमा जातीय प्रदेश दिने प्रधानमन्त्री प्रचण्डको भनाई ठीक नभएको बताउदै कोइरालाले अहिले जातीय र धार्मिक सद्भाव कायम गर्नु आबस्यक रहेको बताउनु भयो ।

कोइरालाले पत्रकारिता पेशा मर्यादित पेशा भएकोले पत्रकारहरुलाई स्वतन्त्र भएर र गहिरो अनुसन्धान गरेर काम गर्न सुझाब दिनु भयो ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago