बिराटनगर / चैत १३ / राष्ट्रिय प्रजातन्त्र पार्टीको आह्वानमा आज बिराटनगरमा मोटरसाइकल र्याली सम्पन्न भएको छ । पुस्पलाल चोकबाट सुरु भएको सो र्याली बिराटनगर सहरको परिक्रमा गरि कान्चनेश्वर शिव मन्दिर, कन्चनबारीमा पुगेर सभामा परिणत भयो ।
राप्रपाका महामन्त्री धवन समसेर राणा तथा राप्रपा नेपालका उपाध्यक्ष बल्लभ प्रसाद दाहालको नेतृत्वमा भएको र्यालीमा श्री ५ ज्ञानेन्द्र – जिन्दाबाद, गणतन्त्र – धोखा हो, संघीयता – खारेज गर, हाम्रा राजा आउदै छन – नारायणहिटी खाली गर, केपी ओली – मुर्दाबाद जस्ता नारा लागेका थिए ।
आमसभाको अवसरमा बोल्दै राप्रपा महामन्त्री राणाले अब देशमा परिबर्तनको आधिबेहरी आउने र नेपाली जनताको बलमा ब्यबस्था परिबर्तन हुने बताउनु भयो । राप्रपाले कहिलै पनि हत्या, हिंसा गर्ने, बम हान्ने, अपहरण गर्ने जस्ता कार्य गर्दैन भन्दै राणाले आफ्नो आन्दोलनलाई गणतन्त्रबादीहरुले बाधा पुर्याउन खोजे वा दमन गर्न खोजे उनिहरुलाई जनताले कार्यबाही गर्ने चेतावनी पनि दिनुभयो ।
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…
बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…
बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…