राजनीती

राजसंस्था पुनरस्थापनाको आन्दोलन चर्किदै

काठमाण्डौ / चैत २ / केही महिनादेखि सुरु भएको राजाबादीहरुको आन्दोलन जारी रहेको छ । “राजा आउ, देश बचाउ” , “हाम्रो राजा हाम्रो देश – प्राणभन्दा प्यारो छ”, “राजा – जनता एक हौ, संघीयता खारेज गर,” जस्ता नाराहरु दिन दिनै चर्कदै जान थालेको छ । यतिखेर नेपाली जनता राजतन्त्रबादी र गणतन्त्रबादीको रुपमा दुई भागमा बिभक्त देखिएका छन ।

राजा ज्ञानेन्द्रले २०८१ सालको संविधान दिबस फागुन ७ को अवसरमा फागुन ६ गते देशबासीको नाममा सम्बोधन गर्दै “अब देश बचाउने हो भने” भन्दै आफुलाई साथदिन आह्वान गरेपछि राजाबादीहरुको आन्दोलन चर्किदै गएको हो । हालसम्म राजाबादीहरुको आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गर्दैआएका छन । प्रसाईलाई राजाबादी राजनैतिक दल भनेर चिनिएका राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालको पनि साथ रहेको छ । दुर्गा प्रसाईलाई काठमाण्डौका लाखौ जनताको पनि साथ देखिएको छ ।

राजा ज्ञानेन्द्रको सम्बोधनका कारण फागुन २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राजाको निवास निर्मल निवाससम्मको जुलुससमेतको आन्दोलन सफल भएपछि आज चैत २ गते नारायणहिटी राजदरबार घेर्ने कार्यक्रम बनाइएको थियो, सो पनि सफल भए पछि राजाबादीहरु थप उत्साहित भएका छन । नेपालमा गणतन्त्रको स्थापना पछि सरकारमा पुगेकाहरुले जनहित र राष्ट्रहितमा काम गर्नुको सट्टा ब्यक्तिबादी भै पैसामुखी, परिबारमुखी, आफ्नो राजनैतिक दलमुखि भएको कारण निरास भएका जनता अब राजसंस्थाको पुनर्स्थापनाको उद्देश्य लिएर लडाईमा होमिएका हुन ।

राजाबादीहरुको चाहना ( फायल तस्वीर )

सत्ताको अनुभव बटुलीसकेका गणतन्त्रबादी शीर्षस्थ नेताहरु ठुला ठुला भ्रष्टाचारमा बदनाम भैसकेका छन । उनिहरुकै कारण देशको अबस्था बिग्रदै गएको र देश नै रहने वा नरहने अबस्थामा पुगेकोले अब राजसंस्थाको पुनरस्थापना मात्र एकमात्र बिकल्प रहेकोले हामी “वार कि पार”को लडाइमा होमिएका हौ, आजको जुलुसका सहभागीहरुले बताएका छन । उनिहरुले भ्रष्टाचारीहरुले लुटेको राज्यको सम्पत्ती राष्ट्र कोषमा फिर्ता ल्याउने र कानून बमोजिम भ्रष्टहरुलाई सजाय दिइछोड्ने कसम समेत आफुहरुले खाएको आन्दोलनकारीहरुले बताएका छन । यो सम्भब होला त ? एक प्रश्नको जवाफमा उनिहरुले हामी जनता र सेनाको सहयोगमा सम्भब हुने ठोकुवा समेत गरे ।

झन्डै दुई महिना राजाले गरेको पश्चिम नेपालको भ्रमणको अवसरमा त्यहाका जनताको भावना र चाहना तथा सुझाबको कदर स्वरुप फागुन ६ को सम्बोधन आएको बताइन्छ ।

( चैत २ गते नारायणहिटी घेराउ गरिदै )

राजाको सो सम्बोधन पछि काठमाण्डौमा मात्र नभएर देशका सबै प्रमुख शहरहरुमा समेत राजसंस्था र राजाको पक्षमा जुलुसहरु भएका छन । झापा, बिराटनगर, पोखरा, बुटवल लगायतका शहरहरुमा राजाको शासनको माग गर्दै जुलुसहरु निस्किएका थिए । यतिखेर राजाबादीहरु मात्र नभएर केही गणतन्त्रबादीहरु पनि कुनै न कुनै रुपमा राजाको नजिक हुने प्रयासमा लागिसकेका छन । हिजोसम्म राजाको बिरुद्द उग्ररुपमा बोल्दै हिड्ने र राजामाथी कठोर वचन बोल्नेहरु अहिले केही नरम बन्दैछन भने कसैको बोली फेरिदै गएकोबाट राजाबादीहरुले आफ्नो आन्दोलन सफल भैछोड्ने आकलन गरेका छन ।

admin

Recent Posts

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 days ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

7 days ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

2 weeks ago

मोरङमा काङ्ग्रेस अगाडी

बिराटनगर / २०८२ फागुन १८ / बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी…

1 month ago

महिला पत्रकारको लागि क्यान्सर जाच सिबिर सन्चालन

बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक…

2 months ago

संसदमा तेस्रोलिङ्गी उम्मेदवार

बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि…

2 months ago