समाचार

स्वच्छ पानीका लागि आन्दोलन

बिराटनगर / फागुन २७ / बिराटनगर महानगर पालिका वडा न ४ का खानेपानी उपभोक्ताले आज वडा कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दीबाट वडाका सबै कामकारबाही ठप्प भएका छन । उपभोक्ताहरुले खानेपानी संस्थानले पिउन योग्य पानी बितरण गर्नुपर्ने माग राख्दै उक्त बिरोध कार्यक्रम गरेका हुन ।

बिगत पाँच बर्षदेखि स्वच्छ पिउने पानी बितरण गर्न र त्यसका लागि फिल्टर जडान गर्न वडाबासीले माग गर्दै आएका थिए, तर खानेपानी संस्थान र बिराटनगर महानगर पालिकाले कुनै चासो नदेखाएपछि यसप्रकारको बिरोध गर्न बाध्यभएको उपभोक्ता त्रिलोचन गौतमले बताए ।

स्वच्छ पिउने पानीका लागि फिल्टर राख्न महानगर पालिकाले जग्गा उपलब्ध नगएको आरोप खानेपानी संस्थान बिराटनगरका प्रमुख सन्तोष रौनियारको छ भने उपभोक्ताले पानीको महसुल खानेपानी संस्थानलाई तिरेपछि शुद्ध पानी उपलब्ध गराउने जिम्मेवारी पनि संस्थानकै भएको बिराटनगरका मेयर नागेश कोईरालाको भनाई छ । तर उहाले फिल्टरका लागि आबस्यक पर्ने जमीन तत्काल उपलब्ध गराउने वचन पनि दिनुभएको छ । हाल कार्यकारी अधिकृत नभएकोले केही दिन ढिलो हुनसक्ने मेयर कोइरलाको भनाई थियो । यता वडा न ४ का अध्यक्ष जीतन थापाले भने एक महिना भित्र समस्या समाधान गरिने वचन उपभोक्ता समक्ष गरेका छन ।

यथार्थमा खानेपानी संस्थान र स्थानीय सरकार दुबैले उपभोक्ता झुक्याउने र आ-आफ्नो कार्यकाल लम्ब्याउने काम मात्र गरिरहेका छन । स्वच्छ पिउने पानी पाउनका लागि उपभोक्ताहरु थप जागरुक हुनुपर्ने आबस्यकता उनिहरुले नै औल्याएका छन ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 days ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

3 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

3 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

1 month ago