समाचार

प्रतिबेदन सार्बजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को कोशी प्रदेश समितिले सङ्खुवा सभाको खादबारी कारागारमा दुई कैदीको सङ्कास्पद मृत्युको बिषयमा स्थलगत अध्ययन गरि प्रतिबेदन सार्बजनिक गरेको छ । हिजो साउन ३२ गते नेपाल पत्रकार महासङ्घ मोरङ्को सभाहलमा इन्सेकले आयोजना गरेको पत्रकार सम्मेलनमा ड्युटीमा रहेका सुरक्षाकर्मीले नै चरम यातना दिई मारेको दाबी समेत गरेको छ ।

चोरी मुद्दामा कैद सजाय भोगिरहेका सङखुवा सभा, मादी ५ का १९ बर्षका बिनोद तोलाङ्गी र बलात्कार मुद्दामा सजाय खेपिरहेका नुवाकोट, ककनी ७ का २८ बर्षका आकास बलामीको प्रहरीकै कुटपीटका कारण मृत्यु भएको दाबी इन्सेकले गरेको छ । उक्त घटना साउन २४ गते घटेको थियो ।

खादबारी कारगार भित्रको उक्त घटना मानव अधिकारको गम्भीर उल्लङ्घन भएकोले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग इन्सेक तथा पीडितका आफन्तले गरेका छन ।

admin

Recent Posts

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

6 hours ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 weeks ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 weeks ago

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 weeks ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

4 weeks ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

1 month ago