शिक्षा

ECD सम्मेलन हुँदै

बिराटनगर / मङ्सिर ०७ / यही मङ्सिर २१ र २२ गते बाल बिकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । पूर्बान्चल बिश्व बिद्यालय, शिक्षा शास्त्र संकायको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने कार्यक्रम छ ।

“Envisioning Early Childhood Development ( ECD ) Ecosystem in Nepal” बिषयमा उक्त सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनमा बाल बिकासको क्षेत्रमा बिषय बिज्ञहरु बीच गहन छलफल हुनेछ ।सम्मेलनमा सबै क्षमता भएका बालबालिका लक्षित नीति, विशेष आबस्यकता भएका बालबालिकाको हेरचाह, बालबिकाशको क्षेत्रमा आबस्यक जनशक्ति, पेशागत बिकास र जलबायु परिबर्तनले बालबालिकामा पारेको प्रभाब आदिका सम्बन्धमा ४० जना भन्दा बढी स्वदेशी तथा बिदेशी विद्वानहरुले आ-आफ्नो अनुसन्धान, अनुभव तथा कार्यपत्र प्रस्तुत गर्नेछन । त्यसका अतिरिक्त ११ वटा कार्यशाला समेत सन्चालन हुनेछन । सम्मेलनमा बिदेशबाट आएका अनुसन्धाताको अनुसन्धान र अनुभबले बिशेष महत्व राख्नेछ ।

यो सम्मेलनबाट प्राप्त निष्कर्ष पूर्बान्चल बिश्वबिद्यालय अन्तर्गत शिक्षा शास्त्र संकायले निकट भबिश्यमा सन्चालन गर्ने “Special centre for the study of ECD” का लागि सहयोगसिद्ध हुनेछ ।

सम्मेलनमा नेपाल, भारत, मलेसिया, भुटान, पाकिस्तान, बाङ्लादेश, अमेरिका, बेलायत लगायत १५ देशका २०० भन्दा बढी बालबिकास प्रेमीहरुको सहभागिता रहने छ । सम्मेलन बिराटनगर स्थित बिग होटलमा सन्चालन हुने र २६ लाख बढी खर्च हुने बताईएको छ । यो कार्यक्रमका लागि काठमाण्डौ महानगरपालिका, बिराटनगर महानगरपालिका, सेभ द चिल्ड्रेन, नबिल बैंक, प्लान इन्टरनेशनल र पी.यु. स्वयमको आर्थिक सहयोग रहनेछ ।

बिश्वबिद्यालयको एउटा संकायले अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्न लागेको यो पहिलो पटक हो । नेपालका गर्भाबस्थादेखी ८ बर्षका बालबालिकाको बिकासको लागि यो कार्यक्रम महत्वपूर्ण सबित हुने बिश्वास गरिएको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 days ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

3 weeks ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

3 weeks ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

1 month ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

1 month ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

1 month ago