स्वास्थ्य

न्युरो सर्जनहरुको सम्मेलन सुरु

बिराटनगर / कार्तिक २९ / न्युरो सर्जनहरुको अन्तरास्ट्रिय सम्मेलन आजदेखी सुरु भएको छ । नेपाल न्युरो सर्जन समाज ( NESON ) को आयोजनामा सो सम्मेलन हुनलागेको हो । सम्मेलन ३ दिनसम्म चल्ने छ ।

आज समाजले बिराटनगरको नोबेल अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । सम्मेलनमा नेपाल भित्रका न्युरो सर्जनहरु, न्युरोसग सबन्धित बिशेषज्ञहरु, नर्षहरु, प्राबिधिकहरु, फिजियोथेरापिष्टहरु र नेपाल बाहिरका नुरोसर्जनहरु समेत १५० जनाको सहभागिता रहने समाजका नेपाल अध्यक्ष डा. याम बहादुर रोकाले बताउनु भयो । सम्मेलनमा पाकिस्तान, भारत, श्रीलङ्का र बङ्लादेशका बिशेषज्ञहरुको समेत सहभागिता रहने छ ।

आज कार्तिक २९ गते बिराटनगरको नोबेल मेडिकल कलेजमा र भोलि ३० र मङ्सिर १ गते इटहरी स्थित होटल सोल्टीमा उक्त सम्मेलन हुनेछ । भोलि र पर्सि इटहरीमा हुने कार्यक्रममा झण्डै १०० वटा कार्यपत्र प्रस्तुत हुने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपाल न्युरो सर्जन समाजको यो सम्मेलन एघारौ हो । यसको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम छ । यो सम्मेलन काठमाडौ उपत्यका बाहिर गरिएको दोश्रो पटक हो । गत बर्ष पोखरामा भएको थियो ।

सम्मेलनको मूख्य उद्देश्य नया टेक्नोलोजीका साथ कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने सम्बन्धमा छलफल गर्नु हो । यसबर्षको सम्मेलनको मूख्य बिषयबस्तु नै “प्रबिधिसगको न्युरो सर्जरीको बिकास” भन्ने रहेको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago