समाचार

शिवालयको साधारण सभा सम्पन्न

बिराटनगर / कार्तिक २४ / शिवालय बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औ साधारणसभा आज सम्पन्न गरेको छ । बिराटनगर – ४ स्थित कन्चनबारी माध्यमिक बिद्यालय प्राङ्गणमा सो सभाको आयोजना गरिएको हो ।

सो अवसरमा संस्थाका अध्यक्ष यशबहादुर क्षेत्रीले आ.ब. २०८०/८१ को आय-ब्यय र २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने लेखा समिति संयोजक गणेश बिमलीले लेखा बिबरण पेश गर्नुभयो ।

कार्यक्रमका प्रमूख अतिथी जीतन थापाले सो अवसरमा बोल्दै २६ जना शेयर सदस्यबाट सुरु गरिएको सो सहकारीमा हाल ३०७ जना सदस्य रहेको र ३ लाख ५१ हजार रुपैयाबाट सुरु गरेको सो संस्थाको पुजी हाल ३ करोड ३० बढी पुगेको प्रतिबेदन अध्यक्षबाट सुन्न पाएकोमा खुशी लागेको बताउनु भयो ।

आजको कार्यक्रममा संस्थाले जेष्ठ सदस्यहरु श्रीमती निलम दाहाल र साजीलाल माझीलाई सम्मान गरेको छ । संस्थाको नीति अनुसार आज शेयर सदस्यका बृद्ध माता पिताहरु सीता अधिकारी, गोमा अधिकारी र कमलादेबी मिश्र सम्मानित हुनुभएको छ । उत्कृष्ट बचत कारोबारी प्रकाश श्रेष्ठ र उत्कृष्ट ऋण कारोबारी तारादेबी राजबङ्शीलाई पनि आजै सम्मान गरिएको छ ।त्यस्तै उत्कृष्ट विद्यार्थी कबिता गुरागाई, गरिब तथा जेहन्दार विद्यार्थीहरु सुजीता शर्मा र सुशान्त माझीलाई सोही कार्यक्रममा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा ज्ञानेन्द्र ढकाल र राजेन्द्र भट्टराई आदीले बोल्नु भएको थियो ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago