संस्कृति

बिराटनगरमा छैठको रौनक

बिराटनगर / कार्तिक २२ / आज नेपालभरी छैठ पर्व मनाइदैछ । खासगरी तराई-मधेस र काठमाण्डौका प्रमूख नदि, ताल-तलैया तथा घाटहरु बेहुली झै सिगारिएको छ र लाखौं भक्तजनहरुले अस्ताउदो सूर्यलाई अर्घ दिई भोलि बिहानको उदाउदो सूर्यको प्रतीक्षा गरिरहेका छन ।

नेपालको पूर्बी जिल्ला मोरङको बिराटनगरमा पनि आज छैठको उल्लास छ । बिराटनगरका सिङ्घिया घाट, परोपकार घाट, सरौचिया नहर, कन्चनबारी नहर लगायत दर्जनौ स्थानमा छैठीमाताको पुजा गर्ने सुबिधा छ ।

छैठी माताको पुजा आराधना गर्ने भक्तजनहरुले आपसमा समिती गठन गरि शान्तिपुर्बक धार्मिक कार्यक्रम सम्पन्न गर्ने गरेका छन । उनिहरुले आफै चन्दा सहयोग संकलन गरि पारदर्शी ढंगले खर्चगर्ने गरेका छन ।

अन्य घाटहरु जस्तै बिराटनगरको कन्चनबारी नहरमा पनि भब्यरुपमा छैठ मनाउने ब्यबस्था गरिएको छ । करिब एक किलोमिटर भन्दा बढी क्षेत्रको सडक झिलिमिली बत्तिले छोपिएको छ भने आधादर्जन बढी गेट बनाईएको छ । पुजा स्थललाई आकर्षक बनाउन तथा भक्तजन र आगन्तुकहरुको मनोरन्जनका लागि आयोजकहरुले भारत बिहारको राहुल बिहारी म्युजिकल ग्रुपलाई बोलाई सास्कृतिक कार्यक्रम समेत सन्चालनको ब्यबस्था गरेका छन । कन्चनबारीको पुजा कार्यक्रमको आकर्षण र बाहिरी ब्यबस्थापनका लागि मात्र करिब आठलाख रुपैया खर्चहुने आयोजकले बताएका छन ।

कन्चनबारीको छैठ पुजालाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न छेदिलाल शर्माको अध्यक्षतामा ११ सदस्यीय छैठ पुजा समिती र आठ सदस्यीय सल्लाहकार समिति पनि बनाईएको छ । कन्चनबारीको छैठ पुजाका प्रमुख प्रायोजकमा स्थानीय कारुलाल राजबङ्शी र उनकी धर्मपत्नी पानसरी राजबङ्शी रहेका छन भने स्थानीय छरछिमेकीले पनि यथासक्य सहयोग गरेका छन । यसबर्षको छैठ पुजा कार्यक्रममा नौ कन्यालाई प्रमुख अतिथि बनाईएको र उनिहरुबाटै उद्घाटन गराइएको छ । बिगतमा कुनै राजनैतिक नेतालाई बोलाई उद्घाटन गराउने चलन थियो । यसपटक पटका वा कुनै पनि प्रकारको आतिसबाजी वा जाड रक्सीलाई निशेध गरिएको छ । कार्यक्रमका प्रमूख प्रस्तोता तथा सल्लाहकार राजन भट्टराईले छैठपुजा कार्यक्रमलाई उछृङ्खल हुन नदिन र नित्तान्त धार्मिक कार्यक्रम बनाउन आफुहरु सचेत रहेको बताउनु भयो ।

यसपटकको छैठपर्बमा हिन्दु, मुस्लिम, बुद्दिष्ट, जैन लगायत सबै धर्मावलम्बीको सहभागिता रहेको छ । पुजामा एकातिर सामाजिक र धार्मिक एकता बढेकोमा प्रसन्नता छ भने अर्कोतिर यो पुजा सबैका लागि बर्सेनि खर्चालु बन्दै गएकोमा भक्तजन्हरुमा चिन्ता थपिएको छ ।

admin

Recent Posts

षष्टिका बस्नेत पुरस्कार लम्जेललाई

बिराटनगर / २०८२ चैत्र १६ / यस बर्षको "षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार" नेपाल…

3 days ago

बालेन्द्रको मन्त्रीपरिषद गठन

काठमाण्डौ / २०८२ चैत्र १३ / बालेन्द्र शाहको नेत्रीत्वमा बहुप्रतिक्षित मन्त्री परिषद गठन भएको छ…

7 days ago

श्रीराम नवमी भब्यरुपमा मनाइने

बिराटनगर / २०८२ चैत्र ०८ / बिश्व हिन्दु परिषद नेपाल, कोशी प्रदेश समितिले श्रीराम नवमी…

2 weeks ago

मोरङमा काङ्ग्रेस अगाडी

बिराटनगर / २०८२ फागुन १८ / बहुप्रतिक्षित सम्सदीय निर्बाचन हुन अब २ दिन मात्र बाकी…

1 month ago

महिला पत्रकारको लागि क्यान्सर जाच सिबिर सन्चालन

बिराटनगर / २०८२ माघ २० / नेपाल पत्रकार महासंघ, मोरङ शाखाले आज क्यान्सर सम्बन्धी चेतनामुलक…

2 months ago

संसदमा तेस्रोलिङ्गी उम्मेदवार

बिराटनगर / २०८२ माघ ०७ / आगामी फागुन २१ गते हुने भनिएको आम निर्बाचनको लागि…

2 months ago