समाचार

सन्सारी माईस्थानमा पुराण हुने

बिराटनगर / कार्तिक १३ / कार्तिक २३ गतेदेखि २९ गतेसम्म बिराटनगरमा सप्ताहब्यापी श्रीमद भागवत महापुराण कथा बाचन हुने भएको छ । बिराटनगर १० स्थित सनसारी माई स्थान तदर्थ संरक्षण समितीको आयोजनामा उक्त पुराण हुन लागेको हो । पुराणमा करिब २५ लाख रुपैया खर्च हुने बताइएको छ ।

पुराणबाट प्राप्त आम्दानीले सन्सारी माईस्थानको पुनर्निर्माण गरिने समितिका अध्यक्ष समेत रहेका समाजसेवी कृष्णकुमार मास्केले बताउनु भयो । पुराणको कथा बाचन राधिका दाशीले गर्ने कुरा पनि उहाले जानकारी दिनु भयो ।

बर्षौदेखि भानु मोरङ सांस्कृतिक समितिबाट बिबादित बनाईएको सन्सारी माईस्थानको १३ कट्ठा १५ धुर जमिन माइस्थानकै हुने स्पष्ट किटान समेतको अदालतको फैसला पछि यो पुराण हुन लागेको हो । पहुँच र शक्तिको भरमा भानुमोरङ सास्कृतिक समितिले प्रयोग गर्दै आएको अरबौ रुपैया मूल्य बराबरको सो जमीन सन्सारी माईस्थानकै भएको फैसला जिल्ला अदालत मोरङले २०६९ माघ २० गते, उच्च अदालत बिराटनगरले २०७१ मङ्सिर २९ गते र सर्बोच्च अदालतले २०८१ भदौ २४ गते गरेका थिए । तीनै तहका अदालतबाट सन्सारी माईस्थानको पक्षमा स्पष्ट किटान सहितको फैसला भएपछी दुईसस्था बीचको पुरानो बिबाद टुंगिएको थियो । सर्बोच्चको फैसलाको पुर्णपाठ आएपछी स्थानीय प्रशासनमा सस्था दर्ता गर्ने र धार्मिक र सास्कृतिक पर्यटकीय स्थलको रुपमा बिकाश गर्न बृहत योजना तयार गरि अगाडी बढ्ने कुरा पनि आज आयोजित पत्रकार सम्मेलनमा बताईएको थियो । उक्त कार्यका लागि सहयोग गर्न बिराटनगर महानगर पालिका, प्रदेश सरकार, संघीय सरकार तथा सम्पुर्ण संघ सस्था र धर्मानुरागी ब्यक्तित्वहरुमा सन्सारी माईस्थान तदर्थ संरक्षण समितिले अनुरोध गरेको छ ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago