समाचार

साधारणसभा सम्पन्न

बिराटनगर / कार्तिक ३ / सन्चारकर्मी सन्चार सहकारी संस्था लिमिटेड, बिराटनगरको १३ औ बार्षिक साधारणसभा पाचजना शेयर सदस्यहरुलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । उक्त अवसरमा सम्मानित हुने शेयर सदस्यहरुमा अग्रज सदस्य शिबबहादुर कार्की, उषा सरदार, चिरञ्जीवी तिम्सिना, प्रह्लाद गुरागाई र श्याम सुन्दर सुतिहार हुनुहुन्छ ।

हिजो कार्तिक ०२ गते नेपाल पत्रकार महासङघ मोरङको सभाहलमा राष्ट्रिय सहकारी महासङघका बरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलले प्रमाण-पत्र र दोसल्लाका साथ उहाहरुलाई सम्मान गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले देशको सहकारीको हालको वास्तविक अबस्था बारे बताउनु भएको थियो । उहाले केही सीमित सहकारीका ठग ब्यक्तिहरुको कारण समस्त सहकारी सस्थाहरु बदनाम हुनपुगेको बताउदै त्यसो हुनु गलत भएको बताउनु भयो । उक्त सहकारीका अध्यक्ष दीपक दाहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेल, मोरङ जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधब अधिकारी, नेपाल पत्रकार महासङघ, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्य, सम्मानित ब्यक्तित्व श्याम सुन्दर सुतिहार र संस्थाका उपाध्यक्ष महाप्रसाद खतिवडाले बोल्नुभएको थियो । कार्यक्रम संस्थाका सचिब बिजयहरी खतिवडाले सन्चालन गर्नु भएको थियो ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago