बिराटनगर / ३० भदौ २०८१ / भदौ २७ गतेदेखी सुरु भएको कृषि एक्स्पो २०८१ आजदेखि सकिएको छ । चारदिनसम्म सन्चालन गरिएको एक्स्पो अत्यन्त आकर्षक तथा सफल भएको प्रदर्शनीका अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन ।
कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको कृषि क्षेत्रसँग सम्बन्धित यो प्रदर्शनीले कृषि क्षेत्रका अनगिन्ती समस्याहरु रहेको र त्यत्तिकै मात्रामा सम्भावनाहरु पनि रहेको कृषि क्षेत्रका बिज्ञहरुले बताएका छन । उनिहरुले यो प्रदर्शनी रमाइलो मेला वा औद्योगिक प्रदर्शनी जस्तो मुनाफामुलक र सन्चालन गर्न सजिलो नभएको बताउदै आयोजकले गरेको मिहेनत र हिम्मतको प्रसंशा गरे ।
कृषि प्रदर्शनीको अन्तिम दिन आज आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासङघ कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र राउतले भारतीय कृषिमा आधुनिकिकरण भएको तथा पर्याप्त अनुदान, मल बीउ आदिको ब्यबस्था भएको ले त्यहा कृषिको पर्याप्त बिकास भएको तर नेपालमा हालसम्म सो हुन नसकेकोले हाम्रो कृषि उत्पादन भारतीय उत्पादनसँग प्रतिष्पर्धी बन्न नसकेको बताउनु भयो । उहाले एक्स्पो सफल बनाउन सहयोग गर्ने कोशी प्रदेश सरकार, कटहरी गाउपालिका, जहदा गाउपालिका, स्टल राख्ने उत्पादकहरु, उद्योगीहरु, अबलोकनकर्ता लगायत सबैलाई धन्यवाद दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री मा. खगेनसिं हाङगाम नेपालको कृषि प्रणाली अहिलेसम्म पनि व्यावसायिक हुन नसक्नुको कारण खोजी हुनुपर्ने बताउदै त्यसो भएमा नेपाली युवाको ठूलो सङ्ख्या बिदेशीन नपर्ने पनि बताउनु भयो ।
उक्त कार्यक्रममा कृषि सचिब डा. लेखराज दाहाल, कटहरी गा.पा.अध्यक्ष देबराज चौधरी, उद्योग संगठनका मोरङका अध्यक्ष राकेश सुराना, कोशी प्रदेशका पुर्ब साम्सद चुमनारायण तबदार, भारतीय ब्यापारी सन्तोष नायक आदिले बोल्नु भएको थियोे ।
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…
बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…
बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…