बिराटनगर / २६ – भदौ – २०८१ / बहु-प्रतिक्षित कृषि एक्स्पो भोलिदेखि बिराटनगरमा सुरु हुदैछ । एक्स्पोका लागि गरिएको बिशेष तयारी पूरा भैसकेको आयोजक सस्थाले जनाएको छ ।
बिराटनगर शहरको नजिकै रहेको कृषि थोक बजार कटहरीमा उक्त एक्स्पो सन्चालन हुदैछ । भोलिदेखी चारदिनसम्म चल्ने उक्त प्रदर्शनी अत्यन्त उपयोगी साबित हुने यस क्षेत्रका कृषक तथा उद्योगीहरुले आकलन गरेका छन ।
नेपाल उद्योग बाणिज्य महासङघ, कोशी प्रदेशले आयोजना गरेको यो प्रदर्शनी परंपरागत कृषि प्रणाली भएको नेपाली ग्रामीण क्षेत्रका लागि अति आबस्यक ठानिएको थियो । कोशी प्रदेशमै यति भब्यरुपमा हुनलागेको यस एक्स्पोको सफलताको लागि प्रहरी, प्रशासन लगायत सबै पक्ष जुटेका छन ।
आधुनिक खेतीका लागि आधुनिक कृषि प्रबिधी र उपकरणमा भएका प्रगतिहरु, कृषि अनुसन्धाता र नीति निर्माता बीच बिचार आदान-प्रदानको मौका, कृषक वा उत्पादकहरुलाई आफ्ना ग्राहक, लगानीकर्ता तथा बितरकहरु पहिचान गर्ने अवसर हुने, बजारको पहिचान हुनाले खासगरी ग्रामीण क्षेत्रको आर्थिक बिकासमा टेवा पुग्ने,वैदेशिक लगानी भित्र्याउन आबस्यक बाताबरण तयार हुने तथा स्थानीय उत्पादनमा गुणात्मक सुधार गरि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न हाम्रा कृषक र उत्पादकहरुलाई प्रोत्साहित गर्ने लगायत एक्स्पोका मुख्य उद्देश्य रहेको कुरा महासङघका अध्यक्ष राजेन्द्र राउतले हिजो पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभयो ।
प्रदर्शनीमा हालसम्मका नबिनतम औजार र प्रबिधिको प्रदर्शनी हुने, उन्नत पशु-पन्छिको प्रदर्शनी, कृषिबिज्ञसग छलफल र परामर्शको मौका, पशुपन्छी र कृषि उपजको प्रतियोगिता, फुड फेस्टिबल, जिल्ला बाहिरका अबलोकनकर्तालाई निशुल्क खाने बस्ने ब्यबस्था र उन्नत बीउ-बिजन, किटनाषक औषधि तथा मलखादको उपलब्धता पनि एक्स्पोको आकर्षण रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…
काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…
बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…