समाचार

उद्घोषले मनायो २० औ स्थापना दिवस

बिराटनगर / भदौ ३- ०८१/ बिराटनगरको स्थापित राष्ट्रिय दैनिक पत्रीका उद्घोषले आफ्नो २० औ स्थापना दिबस मनाएको छ । स्थानीय उद्योग संगठन मोरङ्को सभाहलमा हिजो एक कार्यक्रमको आयोजना गरि सो दिवस मनाएको हो । उद्घोषले प्रत्येक बर्षको भदौ २ गते आफ्नो स्थापना दिबस मनाउने गर्दछ ।

सौगात प्रकाशनका अध्यक्ष तथा उद्घोषका सम्पादक मोहन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक कृष्ण पोखरेलले सो अवसरमा बोल्दै उद्घोषले अनेकौ चुनौतीको सामना गर्दै नागरिक समाजको अगुवाको भुमिका निर्बाह गर्दै आएको बताउनु भयो । कार्यक्रमका विशेष अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले उद्घोष २० बर्षसम्म सन्तुलित भएर अगाडि बढिरहेको बताउनु भयो ।

सौगात प्रकाशन प्रा. लि. का प्रबन्ध निर्देशक बन्धु पोखरेलले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा बिजय खतिवडा,ब्यापार संघ मोरङ्का पुर्ब अध्यक्ष सुरेशराज शर्मा, मोरङ उद्योग ब्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठनका अध्यक्ष राकेश सुराना, बिराटनगरका उपमेयर शिल्पा निराला कार्की, प्रजिअ प्रेमप्रसाद भट्टराई, एमालेका जीवन घिमिरे, काङ्ग्रेसका राजेश गुप्ता,समाजबादीका महेश रेग्मी आदिले बोल्नु भएको थियो ।

उद्घोषले बिराटनगरलाई शिक्षा र स्वास्थ्यको हब मान्दै हिजो २४ पृष्ठको बिशेषाङ्क समेत प्रकाशन गरेको थियो ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

2 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago