समाचार

“मेम्बर बा” बिमोचित

बिराटनगर / असार १९ / स्वर्गीय पिता मेम्बर चन्द्रलाल दाहालको जीवन र सङ्घर्षमा आधारित पुस्तक ” मेम्बर बा ” गत १५ गते शनिबार बिराटनगरमा एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । पिता चन्द्रलाल दाहालका परिबार भित्रका पन्चकन्याहरुले उक्त पुस्तकको बिमोचन गरेका थिए ।

पिता चन्द्रलालका जन्तरे छोरा भानुभक्त दाहालको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमको प्रमूख अतिथी कोशी प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्री मा. लिलाबल्लभ अधिकारी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा कोशी प्रदेशका पूर्ब सामाजिक बिकाश मन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्यहरु मा. भिम पराजुली, मा. जयप्रकाश चौधरीको उपस्थिती थियो । सो कार्यक्रममा बरिष्ठ साहित्यकार कबिराज न्यौपानेले पुस्तकको समीक्षा गर्दै आजभन्दा ५०-६० बर्ष अगाडि नै जातीय भेदभाब बिरुद्द सकृय रहेका, छुवाछुत बिरुद्द कदम चालेका तथा गरिब,निमुखा,र पीडित नागरिकको पक्षमा उभिने चन्द्रलाल दाहाल मादीको मात्र नभएर राष्ट्रकै अनुकरणीय ब्यक्ती रहेको बताउनु भयो ।

admin

Recent Posts

तीन दिने AI तालिम सम्पन्न

बिराटनगर / २०८३ असार २२ /बिराटनगरमा आज ३ दिने AI तालिमको समापन गरिएको छ ।…

3 days ago

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि: विद्यार्थीहरू माइतीघरमा आन्दोलित हुँदै, प्रशासनको अनुमति

काठमाडौं । कक्षा १२ को परीक्षाफल र मूल्याङ्कन प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै असन्तुष्ट विद्यार्थीहरूले राजधानीको…

2 weeks ago

धर्म संस्कृति रक्षाका लागि कन्सर्ट हुने

बिराटनगर / २०८२ जेठ २६ / बिराटनगरमा यही जेष्ठ ३० गते एकदिने भजन क्लबिङ कन्सर्ट…

4 weeks ago

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 months ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

2 months ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

2 months ago