बिराटनगर। जेठ २३ । कोशि प्रदेशको एमालेको सरकार अल्पमतमा परेकोछ । नेकपा माओबादीले सरकारलाई दिएको समर्थन फिर्तागर्ने निर्णयसगै एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सरकार अल्पमतमा परेको हो ।कार्कीको सरकार गत मङ्सीरमा माओबादी, राप्रपा,जसपाको समर्थनमा निर्माण भएको थियो ।
कोशिप्रदेशको सरकार निर्माणका लागि ४७ साम्सदको सङख्या आबस्यक पर्छ । एमाले एक्लैसग ४० साम्सद छन तर सरकार बनाउन ४७ साम्सदको आबस्यक पर्छ । कुनै चमत्कार भएन भने उक्त सख्या पुर्याउन एमालेले सक्दैन ।
बिगतमा समर्थन दिएका माओबादीसग १३ सिट छ र उसले हिजो मात्र समर्थन फिर्ता लिएको निर्णय गरेको छ । माओबादिका तर्फबाट मन्त्री बनेका प्रचन्डका ज्वाइँ जीवन आचार्यले हिजै पदबाट राजिनामा दिईसकेका छन । राप्रपा (६सीट) र जसपा (१सिट) ले पहिलेनै समर्थन फिर्ता लिईसकेका छन । बाकी रहेका काङ्ग्रेससग २९ सीट छ भने नेकपा एससग मात्र ४ सिट छ । ती दुबै दलले एमालेको सरकारलाई समर्थन गर्ने सङकेतसम्म पनि देखिएको छैन । यसबाट कोशी प्रदेशमा एमालेका हिक्मत कुमार कार्कीको सरकार पतोनोन्मुख छ भने अर्को सरकार बन्न बाकी सबै दल मिल्नुपर्ने अबस्था छ ।
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…
बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…
बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…