समाचार

अब चम्किदै छ : बिराटनगर एयरपोर्ट

बिराटनगर / बैशाख १६ / कोशी प्रदेशको हवाई आवागमनको मुख्य माध्यम बिराटनगर एयरपोर्ट अबभने चम्कने भएको छ । हवाई यातायातका लागि सम्पूर्ण सुबिधासम्पन्न टर्मिनल भवनको निर्माण कार्य सम्पन्न भएपछी र धावनमार्ग ( रन वे ) को वृद्धि भएपछी बिराटनगर एयरपोर्ट चम्किने र सुरक्षित बन्ने भएको हो ।

गत २०७९ पुस महिनादेखि नयाँ टर्मिनल भवनको निर्माण कार्य सुरु भएको हो । तीन अर्ब १२ करोडको लागतमा बन्ने उक्त भवन आउदो २०८२ मङ्सिरसम्म सम्पन्न हुने बताईएको छ । १६,५९० बर्ग मीटर अर्थात १,७८,५०० बर्ग फिटको तीनतले उक्त भवनमा हवाई यातायातका लागि आबस्यक पर्ने सम्पुर्ण उपकरणहरुको जडान समेत हुनेछ । कोशी प्रदेशको गौरवको रुपमा रहेको सो आयोजनाको ठेक्का काठमाडौको केशी र डाफे निर्माण कम्पनिले लिई काम गरिरहेका छन ।

नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयबाट सिधै संचालन भैरहेको सो आयोजना पूरा भएपछी जहाजको सुरक्षित उडान तथा अबतरण, जहाजको लागि पर्याप्त पार्किङ, यात्रुका लागि आबस्यक अन्तरास्ट्रिय स्तरको सुबिधा, यात्रुका गाडी पार्किङ, आन्तरिक सुरक्षा सबैको पर्याप्त ब्यबस्था हुने कुरा आयोजनाका ईन्जिनियर सन्जीब खड्काले बताउनु भयो ।

उक्त सुबिधासम्पन्न भवन निर्माणका अलाबा विमान धावनमार्ग वृद्धिको कार्य पनि धमाधम भैरहेको छ । धावनमार्ग बृद्दिको लागि १६ करोड रुपैया छुट्याइएको छ । बिराटनगर बिमानस्थलको पूर्बतर्फ १७५ मीटर र पश्चिम तर्फ १०० मीटर गरि २७५ मीटर बढेपछि धावनमार्ग १७७५ मीटर लामो हुनेछ । त्यसका साथै जहाज रन वे बाट पार्किङ्सम्म जाने आउने टेक्सी वे अहिले भएकोमा ३८५ मीटर थपिने छ – जुन पर्याप्त हो ।

नागरिक उड्डयन प्राधिकरणको बिकाशको दीर्घकालीन अबधारणा अनुरुपका यस्तै कार्य नेपालगन्ज र भरतपुरमा पनि भैरहेको बताइएको छ ।

बिराटनगर बिमानस्थलको धावनमार्गको पूर्बतर्फ डलर होटल भनेर चिनिने JLDS होटल प्रा लि र त्यस्तै अन्य अग्ला धार्मिक तथा निजी घर तथा संरचनाहरुले जहाजलाई उडान र अबतरण गर्न कठीनाई भैरहेको र उक्त समस्या समाधान गर्नेतर्फ स्थानीय सरकार तथा सम्बन्धित निकायले पनि चासो नदिएकोले धावनमार्गको थ्रेसहोल्ड बढ्न गएको थियो ।तर धावनमार्गको वृद्धिले उक्त समस्या धेरैहदसम्म समाधान भएको बताइएको छ ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago