समाचार

दिउसै तरबार प्रहार

बिराटनगर / बैशाख ०९/ बिराटनगर १४ जतुवामा दिउसै तरबार प्रहारबाट दुईजना घाइते भएका छन । बिराटनगर १४ जतुवाकै प्रकाश यादब र सन्तलाल यादब सख्त घाइते भएका हुन । उनिहरुको साथबाट चारलाख रुपैया समेत लुटिएको छ । पिडित प्रकाश यादब र उनका परिबारले आज पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएका हुन ।

गत चैत २८ गते बैंकमा राख्न प्रकाशले बोकेको चारलाख रुपैयाँ लुट्न केही स्थानीय गुण्डाहरुले उक्त तरबारकाण्ड मच्चाएका हुन । उक्त रक्तरन्जीत घटना बिराटनगर १४ का पराजित वडाअध्यक्ष बलदेब यादबको निर्देशनमा घटाइएको पीडित परिबारले बताएका छन । बलदेब पूर्ब वडाअध्यक्ष हुन । उनी जसपाको टिकटबाट वडाअध्यक्ष बनेका थिए । बलदेबले प्रकाश र सन्तलालका साथमा भएको पैसा खोस्न दिपेश यादब, उपेन्द्र यादव, फुलेश्वर यादब, रबिन यादव, राजेश यादब र शंकर यादव नामगरेका स्थानीय गुण्डाहरुलाई प्रयोग गरेका थिए । उनिहरु सबैसँग तरबार रहेको र सबैले प्रहार गरेको पीडितले दाबी गरेका छन ।

बलदेब यादब जसपा केन्द्रीयअध्यक्ष उपेन्द्र यादबका पक्का कार्यकर्ता हुन । करिब तीनबर्ष अगाडि एक भारतीय नागरिकको हत्या गरेको आरोपमा बलदेब सहित १० जनालाई दुईबर्ष काराबासको सजाय सुनाइएको थियो तर उक्त फैसला हालसम्म कार्यान्वयन हुन सकेको छैन । उनी मीटरब्याजीको रुपमा गाउँमा बदनाम र ठगाहा ब्यक्तिको नामले पनि चिनिने गरेका छन ।

तरबार प्रहारबाट घाइते प्रकाशको देब्रे हातको तीनवटा औलाको नसा काटिएको र पाखुराको हड्डीसमेत काटिएको छ भने सन्तलालको दाहिने हातको बुढिऔला झुण्डीएको, र दाहिने खुट्टामा समेत गहिरो चोट छ । घाइतेहरुले बिराट टिचिङ हस्पिटलमा अहिलेसम्म चारलाखभन्दा बढी खर्च गरिसकेको बताइएको छ ।

चैत २८ गतेको घटना भएपनि प्रहरीले बैशाख ५ गते मात्र निबेदन दर्ता गरेको छ । रानी थानामा दर्तारहेको उक्त उजुरीको आजसम्म कुनै कारबाही भएको छैन । उप प्रधानमन्त्री उपेन्द्र यादबको मान्छे भएकोले बलदेब र तरबारधारीहरुलाई मोरङ प्रशासनले कानूनको कठघरामा ल्याउने सम्भाबना देखिएको छैन ।

शक्ति र सत्ताको आडमा जस्तोसुकै अपराध गर्न पनि पाउने हो ? यो देशमा कानून छ कि छैन ? पीडितका परिबारले प्रश्न गर्न थालेका छन ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago