बिराटनगर/ फागुन १३/ यही फागुन १८ र १९ गते बिराटनगरमा दोस्रो डोरी तान प्रतियोगिता हुने भएको छ ।कोशी प्रदेश डोरी तान संघले हिजो शनिबार पत्रकार सम्मेलन गरि उक्त जानकारी दिएको हो ।
सो प्रतियोगितामा सात प्रदेशबाट छनौट भै आएका सात टीम र बिभागीय टीमहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत गरि १० टीमको सहभगिता रहने बताइएको छ ।
गत २०६४ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि डोरी तान प्रतियोगिता हुँदै आएको छ । स्थानीय महेन्द्र मोरङ कलेजको प्राङ्गणमा सन्चालन गरिने भनिएको सो खेलको उद्घाटन कोशी प्रदेशका सामाजिक बिकास मन्त्री राजेन्द्रकुमार कार्कीले गर्ने कार्यक्रम छ ।
डोरि तान्ने खेल नेपालको पुरानो खेल भएपनि ओझेलमा पर्दै गएकोले यसको प्रबर्धन र बिकास गर्न यो खेल सन्चालन गर्न लागिएको हो । उक्त खेल सम्पन्न गर्न यस बर्ष करिब १९ लाख रुपैया खर्च लाग्ने बताइएको छ । प्रतियोगिताका बिजेताले नगद एक लाख रुपैया सहित मेडल, शिल्ड र प्रमाणपत्र पाउने छन भने उप बिजेताले ५० हजार नगद, मेडल,शिल्ड र प्रमाणपत्र पाउने छन ।
खेलकुद क्षेत्रमा क्रीकेट, फुटबल र अन्य खेलको बाढी नै आएको बेला नेपालका गाउघरमा खेलिने पुरानो डोरि तान्ने खेलले बिराटनगरका खेलप्रेमीहरुलाई उत्साहित बनाएको छ ।
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…
बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…
बिराटनगर / २०८३ साउन १४ / सुनसरी घटनामा थप एक जनाको मृत्यु भएको छ ।…