बिराटनगर/ फागुन १३/ आगामी फागुन १६ गतेदेखी बिराटनगरमा एम. पी. एल. क्रीकेट प्रतियोगिता हुने भएको छ ।उक्त प्रतियोगिता चार दिनसम्म चल्नेछ ।
मारबाडी प्रीमियर लिग क्रीकेट प्रतियोगिता(एमपिएल) आयोजक समितिले उक्त जानकारी दिएको हो । आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सन्चालन हुने सो प्रतियोगितामा ५ टिमको सहभागीता रहने छ ।
मारबाडी समुदायका युवाहरुलाई खेल क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले एमपीएलको आयोजना गर्ने गरिएको हो । बिगत १५ बर्षदेखी नेपाल अग्रवाल युवा मन्चले उक्त प्रतियोगिता सन्चालन गर्दै आएको छ । यस बर्ष एमपिएलमा प्रथम हुने टीमलाई नगद ६१ हजार सहित ट्रफी, मेडल प्रमाणपत्र दिइने छ भने दोश्रो हुने टीमले नगद २१ हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र पाउने छन । उक्त खेल सम्पन्न गर्न करिब ११ लाख रुपैया खर्च लाग्ने बताईएको छ ।
रङेली नगरपालिकाका मेयर दिलिप बगडीयाले उद्घाटन गर्ने उक्त खेलको समापन भने ने रा मारबाडी परिषद अध्यक्ष पवन मित्तलले गर्ने कार्यक्रम छ ।
बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…
बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…
बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…
बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…
बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…
बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…