राजनीती

पहिचानबादिहरु अलमलमा

बिराटनगर / माघ २६ / कोशी प्रदेश सरकारको बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समितीको बार्ता टोलीबीच आज ५ बुदे सहमती भएको छ । सहमतिमा आगामी फागुन १० गते भित्र पुन: बार्ता गर्ने, आन्दोलनको स्वरुप परिबर्तन गर्नुपर्ने, भबिश्यमा गरिने शान्तिपुर्ण आन्दोलनमा सरकारले प्रहरी हस्तक्षेप नगर्ने लगायत छन ।

” कोशी ” नाम हटाएर पहिचान सहितको अर्को नाम राख्नुपर्ने एकमात्र माग सहित पहिचानबादीहरु संघर्षरत रहेका छन । कोशी प्रदेश सरकारले बार्ताको लागि आह्वान गर्दै पत्र पठाएपछि यो बार्ता र सहमती सम्भब भएको हो ।

आज भएका थप सहमतिमा संघर्ष समितिले पुन: नामाङ्कन सम्बन्धी राजनैतिक गतिविधिहरु अगाडि बढाउने, बिगतका घाइतेको उपचारको ब्यबस्था र सहिद परिबारलाई क्षतिपुर्तिको ब्यबस्था प्रदेश सरकारले गर्नुपर्ने, कारगारमा रहेका आन्दोलनकारीहरुको रिहाई र मुद्दा फिर्ता गर्नुपर्ने लगायत छन ।

कोशी प्रदेश सरकारले पुन: नामाङ्कन सम्बन्धि आन्दोलन चर्किदै गएपछी समाधानको बिकल्प खोज्न र सुझाव दिन मन्त्री कमल प्रसाद जबेगुको नेत्रीत्वमा बार्ता टोली गठन गरेको थियो। उक्त बार्ता टोली र पुन: नामाङ्कन संघर्ष समिती बीचको हिजोको बार्ता सफल हुन नसकेपछी आज बार्ता भएको र सहमती भएको हो । यस पटकको बार्तामा पहिचानबादीहरुले आफ्ना पक्षको तयारीको कमीका कारण खास उपलब्धी हाशील गर्न नसकेको बताइएको छ ।

पहिचानबादीहरुको संघर्ष समितिमा डिकेन्द्र सिङ्ह थेगिन, गोबिन्द आङ्मुहाङ, युबराज राई, दिबस राई, लाक्पा शेर्पा,कुमार लिङ्देन कुमार लिम्बू लगायत विभिन्न राजनैतिक दल र जातीय सस्था सम्बद्द ब्यक्तिहरु छन ।

admin

Recent Posts

पत्रकार महासंघ, मोरङको साधारण सभा सम्पन्न

बिराटनगर / २०८३ जेठ ०८ /नेपाल पत्रकार महासंघ, मोरङ शाखाको १४ औ साधारण सभा हिजो…

2 weeks ago

बिराटनगर जुटमिल पु:न संचालन गर्न माग

बिराटनगर / २०८३ बैशाख २३ / केही दिनदेखि चर्चामा रहेको बिराटनगर जुट मिलका मजदुरहरुले मिल…

1 month ago

प्रेस स्वतन्त्रता दिवसमा बिबिध कार्यक्रम

बिराटनगर / २०८३ बैशाख २० / पैतिसौ विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा नेपाल पत्रकार महासंघ,…

1 month ago

पत्रकार महासंघको ज्ञापन

बिराटनगर / २०८३ बैशाख १० / नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको कार्यक्रम अनुसार आज सतहत्तरै…

2 months ago

पत्रकारहरु आन्दोलित

बिराटनगर / २०८२ चैत्र २७ / बालेन सरकारले चैत्र १८ गते जारी गरेको बिज्ञापन सम्बन्धि…

2 months ago

राजा महेन्द्रको शालिक बन्ने

बिराटनगर / २०८२ चैत्र २६ / सनातन युबा मञ्च नेपाल, मोरङ्ले बिराटनगर स्थित महेन्द्र चोकमा…

2 months ago