बिराटनगर / २०८३ असोज २८ /
बहुचर्चित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन आज सफलतापुर्बक सम्पन्न भएको छ । बिगतमा भएका पोखरा र हेटौडा सम्मेलनको तुलनामा यो तेश्रो सम्मेलन ऐतिहासिक र उपलब्धिमुलक भएको सहभागी मुख्यमन्त्रीहरुले नै प्रतिक्रिया दिनुभएको छ ।
कोशी प्रदेश सरकारको आयोजनामा असोज २७ र २८ गते स्थानीय बीग होटलमा सन्चालन गरिएको सम्मेलनले विभिन्न चारबुदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा संघीयता कार्यान्वयन तथा सम्बिधान प्रदत्त प्रदेश अधिकारको पुर्ण प्रयोग, कार्य जिम्मेबारीको स्पस्टता र बाकी अधिकार हस्तान्तरण सम्बन्धी सङ्घीय सरकार समक्ष पेश गरिने नीतिगत तथा कानून सुधारका बिषयहरु छन । जसमा प्रदेश स्वास्थ्यसेवा,बिपद ब्यबस्थापन लगायतका थुप्रै महत्वपुर्ण बिषयहरु समाबेश छन ।
त्यस्तै अन्तरप्रदेश प्राथमिकताप्राप्त प्रमुख साझेदारी कार्यक्रमहरु अर्को बुदामा समाबेश गरिएको छ । जस अन्तरगत प्रदेशहरुको साझा बिकाश, प्राकृतिक श्रोतको उच्चतम परिचालन र लाभको बाडफाड तथा जलबायु परिबर्तनको प्रभाब जस्ता बिषय छन ।
अन्तरप्रदेश साझेदारीको निरन्तरता रहनेगरी घोषणापत्रको तेश्रो बुदामा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
नेपालका सातै प्रदेशको साझा प्रतिबद्दताहरुमा संघीयताको सुदृढीकरण गर्ने, सुशासन – पारदर्शीता- र नतिजामुखी सार्बजनिक बित्त, मितब्ययी प्रादेशिक सुशासन तथा सन्तुलित बिकाश र नागरिककेन्द्रित सेवा आदि घोषणापत्रको चौथो बुदामा उल्लेख गरिएका छन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको समापन गर्दै सम्मेलनका निष्कर्षहरु र घोषणापत्र समेत सम्भबत दशैपछि प्रधानमन्त्री समक्ष प्रस्तुत गरिने र क्रमशः कार्यान्वयन हुदै जाने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो । उहाले आगामी बर्ष लुम्बिनी प्रदेशमा यस्तै सम्मेलन हुने जानकारी पनि दिनुभयो ।
सम्मेलनमा सुदुर पस्चिमका मुख्यमन्त्रीको उपस्थिति रहेन । सो सम्मेलनमा ६ जना मुख्यमन्त्री, सातै प्रदेशका मुख्य न्यायधीबक्ताहरु, नीति तथा योजना आयोगका उपाध्यक्षहरु, प्रमुख सचिबहरु लगायत बिशिस्ट ब्यक्तिहरु को उपस्थिती रहेको थियो ।
आज सम्पन्न दुइदिवशीय सम्मेलनमा प्रदेश सरकारको करिब बीसलाख रुपैया खर्च भएको र होटल, खाना आदिमा PSB, FNCCI लगायतका संस्थाहरुको सहयोग रहेको पनि बताइएको छ ।
बिराटनगर / २०८३ असोज २७ / एक्स्ट्रीम इनर्जी ड्रीङ्कले आगामी कार्तिक २० गते बिराटनगरमा म्युजिक…
बिराटनगर / २०८३ भदौ २७ / बिराटनगरमा पत्रकारका लागि सबैभन्दा पहिले स्थापना भएको पिताम्बर -…
बिराटनगर / २०८३ भदौ २४ / नेपाल प्रेस युनियन, मोरङ शाखाको हिजो बिराटनगरमा सम्पन्न १२…
बिराटनगर / २०८३ भदौ १७ / भगवान राधा कृष्णको ऐतिहासिक रथयात्रा यही भदौ २० गते…
बिराटनगर / २०८३ भदौ ०२ / बिराटनगरको स्थापित दैनिक पत्रीका उद्घोषले आज आफ्नो २२ औ…
बिराटनगर / २०८३ भदौ ०२ / कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले हिजो आफ्नो…